२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

१५ पुस, काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताएका छन् ।

बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताएका हुन् ।
उनले यसअघि जितेर आएपछि पुरस्कारको आशा गर्नुपर्ने भए पनि यसपटक आश्चर्यजनक रुपमा घोषणा भएको बताए । ‘अहिलेको खेलकुद मन्त्री कम बोल्ने धेरै काम गर्ने हुनुहुन्छ । हामीले नभनी कनै क्यास प्राइज ५-५ लाख खेलाडीलाई दिने घोषणा गर्नुभएको छ । ‘ प्रशिक्षक भट्टले भने ।

उनले आफूहरुको काम खेल्ने रहेको र त्यसका लागि वातावरण बनाइदिनुपर्ने बताए । ‘हामीले खेल्ने काम हो । खेल मैदानमा क्षमता प्रदर्शन गर्ने हो । त्यसका लागि वातावरण बनाइदिनुपर्छ ।’ भट्टले भने, ‘ खेल जित्नु मात्र ठूलो कुरा होइन भलिबललाई अझै माथि उठाउनुपर्छ।’
प्रशिक्षक भट्टले अब एकेडेमी र कभर्डहलहरु बनाउनुपर्ने र ग्रासरुटबाट खेलाडीहरु ल्याउनुपर्ने बताए । त्यसो भएमात्र आगामी ५ वर्षमा नेपालको भलिबल धेरै माथि जाने उनको विश्वास छ ।

यस्तै कप्तान अरुणा शाहीले पनि नयाँ खेलाडी कम रहेकोले गाउँबाट खेलाडी ल्याउनुपर्ने बताइन् ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले वार्षिक ३ करोड बजेट भलिबललाई दिनुपर्ने माग राख्दै त्यसपछि भलिबलले अझ धेरै मेडल ल्याउने बताए ।
च्याम्पियन टिमका खेलाडीलानई सरकारले जनही ५ लाख तथा दुई प्रशिक्षकलाई ३-३ लाख र एक अफिसियललाई २ लाख दिने घोषणा गरिसकेको छ ।
स्वागत कार्यक्रममा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हाताभित्र भलिबलको आफ्नै कभर्डहल बनाउने वाचा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय