२०८३ आश्विन ३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित | चक्रघट्टा गाउँपालिकाले बाढीपीडितलाई ३० लाख भन्दा बढी सहयोग घोषणा | कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

मलंगवा : सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार छापा मारेको छ । कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको पैसा हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो। ७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट ७४ लाख २० हजार रकम आएको थियो । त्यसबाट १२ लाख रुपैयाँ गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेको थियो । कोरोना संक्रमित परिवारलाई बाँड्नका लागि आएको राहतको रकम पालिकाले अन्यत्र खर्च गरेको उजुरी परेपछि छानबिन गर्न गाउँपालिकामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी विजय कुमार शर्माले बताए।’के कति रकम अन्यत्र खर्च भएको त्यो हामी छानबिन गर्छौं, कागजातहरु हामीले नियन्त्रणमा लिएका छौं,’ उनले भने। ७ सय ४२ जना कोरोना संक्रमित विपन्न परिवारलाई वितरणका लागि संघीय सरकारबाट पालिकामा ७४ लाख २० हजार रकम आएको लेखा अधिकृत हरिनारायण साहले बताए । त्यसबाट १२ लाख स्वास्थकर्मी को तलब अपुग भएको कारणले उक्त शीर्षकबाट तलबस्वरुप पालिकाले दिएको छ । ‘पछि सोध भर्ना हुने गरी पालिकाले त्यो रकम चलाएको हो । खर्च भएको पैसा आउनु वित्तिकै हामीले संक्रमितलाई वितरण गर्छौं, ‘साहले बताए । उनका अनुसार बाँकी पैसा अहिले खातामा जस्ताको त्यस्तै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय