निरज यादब/
सर्लाही । कौडेना गाउँपालिका वार्ड नम्बर ७ को वार्ड अध्यक्षमा निर्वाचित ४५ बर्षिय विजय प्रसाद राय यादवले पदभार ग्रहण गरेका छन् ।शुक्रबार का दिन कौडेना गाउँपालिका को सभा हौलमा आयोजित समारोहमा गाउँपालिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले वार्ड कार्यालय पुगेर पदभार सम्हालेका हुन्। वार्ड अध्यक्ष यादवले निर्वाचन सफल गराउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै समुन्नत वार्डको विकासमा आफु लागि पर्ने बताउनु भएको छ । राप्रपा बाट कैडेना गाउँपालिकाको वार्ड अध्यक्षमा लडेका यादव ५९५ मत ल्याई निर्वाचित भएका थिए ।

