२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, जेठ १० । ईलाका प्रहरी कार्यालय लालबन्दीले २ सय ३७ किलो ६०० ग्राम लागुऔषध गाजासहित ६ जनालाई पक्राउ गरेको छ।लालबन्दी नगरपालिका १३ पथरकोट स्थित कान्छा मान थिङको घरतलासी गर्दा उक्त घर कोठामा प्लाष्टिकको बोरा तथा प्लाष्टिकले बेरिएको अबस्थामा ४६ वटा पोकामा लुकाई छिपाई राखेको लागू औषध गाजा बरामद भएको हो ।ईलाका प्रहारी कार्यालय लालवन्दी प्रहरी निरीक्षक शान्ताराम कार्कीको कमान्डमा गएको प्रहरी टोलीले लागू औषध गाजा ओसारपसारमा संलगन ६ जनालाई पक्राउ समेत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घरको कोठा भित्र ४६ ओटा पोका बनाएर राखिएको अवस्थामा गाजा फेला पर्नुको साथै ओसारपसारको लागि प्रयोग गर्ने गरेको २ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।लालबन्दी नगरपालिका वार्ड,१३ कान्छा मान थिङ,सुनिल दोङ,बिसाल दोङ,मिलन थिङ , निकेस दोङ र लालबन्दी १४ का राजन बम्जन रहेका छन् । उनीहरुमाथि अदालतबाट लागु औषध नियन्त्रण ऐन अन्तर्गत मयाद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय