निरज यादव/
सर्लाही । रामनगर गाउँपालिकामा नव-निर्वाचित जनप्रतिनिधिहरुको “सपथ ग्रहण” कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका कार्यालयको प्राङ्गणमा नव-निर्वाचित जनप्रतिनिधिहरुको “सपथ ग्रहण” कार्यक्रम सप्पन्न भएको हो।कार्यक्रममा बैशाख ३० को स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकामा निर्वाचित भएका उपाध्यक्ष , वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष राजाबाबु यादवले पद तथा गोपनियताका सपथ खुवाएका छन।नेकपा माओवादी केन्द्रबाट नव-निर्वाचित गाउँपालिका अध्यक्ष यादवले नव-निर्वाचित गाउँपालिकाका सबै जनप्रतिनिधिलाई पद तथा गोपनीयताको “शपथ ग्रहण” गराउँदै सबैले नगरबासीको हितलाई ध्यानमा राखी काम गर्न सल्लाह दिए ।“शपथ ग्रहण”सँगै गाउँपालिका अध्यक्ष यादवले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताउँदै दिन र रात एक गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य शिव पुजन राय यादव , त्यस्तै अतिथिको रुपमा बलरा नगरपालिकाका प्रमुख रमा शंकर कुश्वाहा, जनता दलका केन्द्रिय अध्यक्ष हरिशरण साह, माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रीचन राय लगायतको उपस्तिथि रहेको थियो।

