२०८३ बैशाख २३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण |

सर्लाही, कौडेना — KOICA/UNFPA को सहयोगमा GNI Nepal र RDC Nepal द्वारा सञ्चालित SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकाको कृषि भवनमा “Graduation Ceremony” तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासज्यूको अध्यक्षतामा सम्पन्न भएको हो भने शिक्षा शाखा तथा जेंडर फोकल पर्सन प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका १० वटा विद्यालय तथा मदार्साका विद्यार्थीहरू, समुदायका किशोरीहरू, रूपान्तरण तालीम प्रदान गर्ने Mentor हरू, विद्यालयका शिक्षक–शिक्षिका, SAFE Girls परियोजनाका Gender Officer हरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।SAFE Girls परियोजनाले विशेष गरी किशोरी तथा युवतीहरूलाई आत्मनिर्भर, आत्मविश्वासी तथा नेतृत्व क्षमताले सम्पन्न बनाउन विभिन्न सचेतनामूलक तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनामार्फत किशोरीहरूलाई लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, सुरक्षित जीवनशैली, आत्मरक्षा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी तथा व्यवहारिक सीप प्रदान गरिँदै आएको आयोजकले जनाएको छ।उक्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको “रूपान्तरण शिक्षा” तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिम अवधिभर नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार कला, समूहमा काम गर्ने क्षमता तथा सामाजिक समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्न आवश्यक ज्ञान तथा सीप हासिल गरेको जनाइएको छ।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासज्यूले SAFE Girls परियोजनाले किशोरी तथा युवतीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले शिक्षासँगै आत्मविश्वास, चेतना र नेतृत्व विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा विद्यमान विभेद तथा असमानता अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।त्यस्तै, प्रमुख अतिथिको रूपमा बोल्दै शिक्षा शाखा तथा जेंडर फोकल पर्सनले किशोरी तथा युवतीहरूलाई समाज परिवर्तनका महत्वपूर्ण संवाहकको रूपमा चित्रण गर्नुभयो। उहाँले SAFE Girls परियोजनाले विद्यालय तथा समुदायस्तरमा किशोरीहरूको क्षमता अभिवृद्धि गर्न सफल भएको उल्लेख गर्दै सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी विभिन्न विद्यालयका शिक्षकहरूले पनि SAFE Girls परियोजनाले विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुर्‍याएको धारणा राखेका थिए। उनीहरूले विद्यालयस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए।रूपान्तरण तालिममा सहभागी विद्यार्थीहरूले आफूहरूले तालिमबाट धेरै नयाँ कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आत्मविश्वास बढेको, आफ्नो अधिकार तथा कर्तव्यबारे जानकारी प्राप्त भएको तथा समाजमा हुने विभेद, हिंसा र कुरीतिविरुद्ध आवाज उठाउन प्रेरणा मिलेको बताएका थिए।SAFE Girls परियोजनाले विशेष गरी किशोरीहरूलाई सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने, लैङ्गिक विभेद न्यूनीकरण गर्ने तथा समुदायमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य राखेको छ। परियोजना अन्तर्गत विद्यालय तथा समुदायस्तरमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, जीवनोपयोगी शिक्षा तथा नेतृत्व विकास तालिम सञ्चालन हुँदै आएको छ।कार्यक्रममा प्रमाणपत्र प्राप्त गरेपछि सहभागीहरू निकै उत्साहित देखिएका थिए। उनीहरूले आगामी दिनमा आफूहरूले सिकेका ज्ञान तथा सीपलाई विद्यालय, परिवार र समुदायमा प्रयोग गर्दै सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका प्रतिनिधिहरूले SAFE Girls परियोजनालाई सफल बनाउन सहयोग गर्ने गाउँपालिका, विद्यालय, शिक्षक, Mentor हरू तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय