२०८३ असार २५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते |

सर्लाहीको बसबरिया गाउँपालिकामा कमिसन (घुस) मागिएको आरोपपछि विवाद चर्किएको छ। भुक्तानीका लागि गाउँपालिका पुगेका विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरूले इन्जिनियरले फाइलमा हस्ताक्षर गर्नुअघि दुई प्रतिशत रकम मागेको आरोप लगाउँदै गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।बसबरिया गाउँपालिका–५ का वडाध्यक्ष रामचन्द्र राय यादवका अनुसार गाउँपालिकाका इन्जिनियर रामपुजन रायले उपभोक्ता समितिको फाइलमा हस्ताक्षर गर्नुअघि दुई प्रतिशत रकम बुझाउनुपर्ने भन्दै पैसा मागेपछि विवाद सुरु भएको हो।वडाध्यक्ष यादवले घटनाबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि प्रहरी परिचालन गरिएको र त्यसपछि मात्रै सम्बन्धित फाइलमा हस्ताक्षर भएको दाबी गर्नुभयो। यद्यपि, उक्त घटनापछि पनि विवाद पूर्ण रूपमा समाधान हुन सकेको छैन।उहाँका अनुसार इन्जिनियरको कार्यकक्षमा विवाद भइरहेका बेला लेखा शाखाका कर्मचारी तथा लेखा अधिकृतसहित अन्य कर्मचारीहरू कार्यालय छाडेर बाहिरिएका छन्।आज कार्यालयमा गाउपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नआएका कारण झन समस्या बल्झिएको उपभोक्ताहरुको आरोप छ ।हाल आक्रोशित उपभोक्ता समितिका सदस्यहरूले गाउँपालिका कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा बिना कुनै कमिसन भुक्तानी प्रक्रिया सम्पन्न गर्नुपर्ने माग गरेका छन्।असार मसान्तको समयमा सम्पन्न भएका विकास योजनाको भुक्तानीका लागि उपभोक्ता समितिहरू फाइल लिएर गाउँपालिका पुगेका बेला विवाद उत्पन्न भएको हो। यस घटनाले बसबरिया गाउँपालिकामा हुने भनिएको अनियमितता तथा भ्रष्टाचारबारे थप प्रश्न उठाएको छ।यद्यपि, इन्जिनियर सिपुजन राय वा गाउँपालिका प्रशासनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय