२०८३ जेष्ठ १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र |

कौडेना— कौडेना गाउँपालिका–३ स्थित देवधारी माध्यमिक विद्यालयको खेलमैदानमा जारी दोस्रो संस्करणको गा.पा अध्यक्ष कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न सेमिफाइनल खेलमा कौडेना गाउँपालिका–६ (सक्रौल) ले कौडेना गाउँपालिका–५ (छपकहिया) लाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।टस जितेर पहिलो ब्याटिङ गरेको सक्रौलले निर्धारित १६ ओभरको खेलमा १५.३ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। सक्रौलका अर्जुन यादवले केवल ९ बलमा विस्फोटक ४० रनको पारी खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।छपकहियाका बलरमध्ये कृष्णा यादवले ४ विकेट लिए भने इमरानले २ विकेट, रमेश रामले ३ विकेट तथा दिलीपले १ विकेट हात पारे।१५१ रनको लक्ष्य पछ्याएको छपकहिया टोली सक्रौलको सशक्त बलिङ आक्रमणसामु टिक्न नसकी १२.२ ओभरमा मात्र ४५ रन जोडेर अलआउट भयो। छपकहियाका लागि इमरान सिद्दीकीले सर्वाधिक १२ रन बनाए।सक्रौलको जितमा सुवास यादवले घातक बलिङ गर्दै ५ विकेट लिए भने हरिशंकर साहले २ विकेट हात पारे। अर्जुन यादव, संजय यादव र रुबेन्द्र यादवले समान १–१ विकेट लिए।उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सक्रौलका सुवास यादव ‘म्यान अफ द म्याच’ घोषित भए।प्रतियोगिताको विजेता टोलीले रु १५ हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु १० हजार नगद, ट्रफी तथा प्रमाणपत्र पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय