२०८३ श्रावण १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
सर्लाही,३ जेठ ।सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनु भएको छ ।अहिले भरखरै सम्पन्न मतगणानाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्रसाद चौधरीले २४८१ मत प्राप्त गर्नुभएको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।त्यस्तै उपप्रमुखमा नगिना देवीले ४९६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २६७२ मत प्राप्त गर्नुभएको थियो ।कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं. १, २,४,५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ भने वडा नं.७ मा राष्ट्रिय प्रजातन्त्र पाटी, वडा नं. ६ मा ओवादी केन्द्र, वडा नं. ३ मा जन्ता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले भने तिन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय