२०८१ चैत्र ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

निरज यादव/
सर्लाही,३ जेठ ।सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनु भएको छ ।अहिले भरखरै सम्पन्न मतगणानाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्रसाद चौधरीले २४८१ मत प्राप्त गर्नुभएको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।त्यस्तै उपप्रमुखमा नगिना देवीले ४९६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २६७२ मत प्राप्त गर्नुभएको थियो ।कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं. १, २,४,५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ भने वडा नं.७ मा राष्ट्रिय प्रजातन्त्र पाटी, वडा नं. ६ मा ओवादी केन्द्र, वडा नं. ३ मा जन्ता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले भने तिन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय