२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव/
सर्लाही -सर्लाही जिल्लाको गोडैता नगरपालिका का नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । गोडैता नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देवेन्द्र यादवले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। उपप्रमुख अन्जना कुसवाहा लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको हो। गोडैता नगरपालिका स्थित गोडैतामा रहेको श्री बेनी भोला नमुना माविको प्रांगणमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञता सहदिहरुको समझनामा एक मिनेट मौना धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गोडैताका नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादवले राख्नु भएको थियो।भने पानसमा बति बालेर नवनिर्वाचित नगरप्रमुख यादवले कार्यक्रम उदघाटन गरेका थिए । सो विधालयमा आयोजित कार्यक्रमकामा मेयर यादवले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो ,वडा नम्बर २ का वडाध्यक्ष अजय प्रसाद शाह ,वडा नम्बर ३ का वडाध्यक्ष विजय प्रसाद यादव,वडा नम्बर ४ का वडाध्यक्ष राजा राय शाह ,वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता।,वडा नम्बर ६ का वडाध्यक्ष सहिन्द्र महतो,वडा नम्बर ७ का वडाध्यक्ष विनेस कुमार दास,वडा नम्बर ८ का वडाध्यक्ष नरेन्द्र कुमार झा,वडा नम्बर ९ का वडाध्यक्ष दसैं सहनी ,वडा नम्बर १० का वडाध्यक्ष बैनाथ मण्डल ,वडा नम्बर ११ का वडाध्यक्ष विसवनाथ पंडित ,वडा नम्बर १२ का वडाध्यक्ष केशव कुमार लगायत लाई शपथ ग्रहण गराए । त्यस्तै उक्त नगरपालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका हुन ।उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले गोडैता नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण कार्यक्रममा पाल्नुहुने सम्पूर्णमा अभार प्रकट समेत गर्नु भयो । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा जनताले ज—जसलाइ रोजे,मतदान गरे,जुन जुन पार्टीलाइ रोज्नु भो,जुन व्यक्तीलाइ चाह्नु भयो । त्यही व्यक्तीहरु ,त्यही पार्टीका जनप्रतिनीधीहरु तपाइहरु सामु आज यस कार्यक्रममा उपस्थित भएका छन् ।उनले भने हामी जुन सुकै पार्टी बाट जितेर आएपनि गोडैता नगरपालिकालाइ समृद्ध बनाउन सबै जना एक जुट हुनु पर्नेमा जोड दिनु भयो । गोडैता नगरपालिकालाइ विकासको बाटोमा बढाउन एउटै उदेश्यका साथ हामी अघि बढौं । शिक्षा,स्वास्थ्य लगायत बाटोघाटोमा हामीहरु काम गर्यौ । तैपनि केहि कामहरु बाँकी रहेका छन् । ती बाँकी कामहरु लाइ चुनौतीका रुपमा लिई हामी इमान्दारिताका साथ बढ्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । चुनावको बेला जे जति मतभेद भएपनि अगामी ५ वर्ष हामी एकजुट भएर अगाडी बढन जनप्रतिनिधिहरू लाइ आग्रह गर्नु भयो । यसमा सबैको साथ सहयोग रह्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।मेयर यादवले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह समेत गर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय