२०८३ असार ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

कौडेना -जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजना तथा कौडेना गाउँपालिकाको सहकार्यमा शान्ति सुरक्षा,अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।कौडेना गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष नगीना देवी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दास हुनुहुन्थ्यो।कार्यक्रममा स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्ने,अपराध न्यूनीकरणका उपाय,नागरिकमैत्री सेवा प्रवाह,कानुनी सचेतना अभिवृद्धि तथा प्रशासन,सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।सहभागीहरूलाई समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम,कानुनी दायित्व,नागरिकको भूमिका तथा सार्वजनिक सेवा सहज,पारदर्शी र प्रभावकारी बनाउने उपायबारे जानकारी गराइएको थियो। वक्ताहरूले शान्तिपूर्ण,सुरक्षित र जिम्मेवार समाज निर्माणका लागि स्थानीय समुदाय,जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू,कौडेना गाउँपालिकाका जनप्रतिनिधिहरू,जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी वेदप्रसाद गौतम, कार्यालयका प्रतिनिधिहरू तथा स्थानीय बुद्धिजीवी,समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमले स्थानीय तहमा शान्ति सुरक्षा सुदृढ गर्न,अपराध नियन्त्रणमा समुदायको सहभागिता बढाउन तथा नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय