२०८२ मंसिर १६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

कौडेना(सर्लाही)-बिरोधीहरुकै अगाडी कौडेना गाउपालिकाको चौतर्फी बिकास गरेर देखाउने कौडेना गाउँपालिकाका गा.पा.अध्यक्ष रूपेश कुमार उर्फ (बब्लु) ले दाबी गर्नु भएको छ । कौडेना गाउँपालिकाको बिकास गर्न खोज्दा विकास भएको देख्न नचाहने केहि व्यक्तिहरुले अनेकन बाधा अवरोधहरु खडा गर्दै आई रहेका उहाँले बताउनु भयो । यस्ता बिरोधी तत्वहरुले खडा गरेको बाधा अवरोधहरुलाई पाखा लगाई कौडेना गाउँपालिका को चौतर्फी बिकास गर्ने संकल्प लिएर आफुले काम गर्दै आइरहेको गा.पा.अध्यछ रूपेश कुमार उर्फ (बब्लु)ले बताउनु भएको छ ।अबको दुई वर्ष भित्रमा यस पालिकाका जनताहरु सबै क्षेत्रमा बिकासको अनुभुती गर्ने उहाँले दाबी गर्नुभयो । कौडेना गाउपालिकाका सबै वडामा नाला सहितको सडक बनाएर देखाउने लक्ष्य लिएको बताउँदै उहाँले शिक्षा,स्वास्थ्य तथा खानेपानी निर्मल जलको परियोजनाका लागि समेत काम भईरहेको जानकारी गराउनु भयो ।अबको केहि वर्षमै जनताले “नयाँ कौडेना सम्बृद्ध कौडेना गाउँपालिका “को अनुभुती गर्न पाउन भनेर पालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधीहरु दिनरात मेहनत गरिरहेकोले उनीहरुको साथ र सहयोगबाट जनताले चाहेको र खोजेको बिकास गरेर देखाउने गा.पा.अध्यक्ष कुमारले दाबी गर्दै बताउनु भयो । पालिकामा आउने सेवाग्राहीहरुले पनि राम्रो सेवा पाईरहेको आफुले अनुभव गरेको उहाँले बताउनुभयो । कुनैपनि सेवाग्राहीले सेवा लिन आउँदा पालिकाका कर्मचारीले आलटाल गरे सिधै मलाई खबर गर्न सक्ने छन।यसका लागि सूचना समेत जारी गरिसकेको छु ,त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गरिने छ उहाँले थप्दै भन्नुभयो, नगरको आमुल परिवर्तन देख्न चाहेका जनताले पनि गाउपालिका लाई सहयोग गर्नुपर्छ । कौडेना गाउपालिका का जनताको सहयोग बिना परिवर्तन हुन सकदैन । पालिकाका जनताको साथ र सहयोग कदम–कदममा चाहने भएकोले कौडेना गाउपालिका का जनतालाई सहयोग गरिदिन कुमारले आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय