२०८२ चैत्र १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

कौडेना(सर्लाही)-बिरोधीहरुकै अगाडी कौडेना गाउपालिकाको चौतर्फी बिकास गरेर देखाउने कौडेना गाउँपालिकाका गा.पा.अध्यक्ष रूपेश कुमार उर्फ (बब्लु) ले दाबी गर्नु भएको छ । कौडेना गाउँपालिकाको बिकास गर्न खोज्दा विकास भएको देख्न नचाहने केहि व्यक्तिहरुले अनेकन बाधा अवरोधहरु खडा गर्दै आई रहेका उहाँले बताउनु भयो । यस्ता बिरोधी तत्वहरुले खडा गरेको बाधा अवरोधहरुलाई पाखा लगाई कौडेना गाउँपालिका को चौतर्फी बिकास गर्ने संकल्प लिएर आफुले काम गर्दै आइरहेको गा.पा.अध्यछ रूपेश कुमार उर्फ (बब्लु)ले बताउनु भएको छ ।अबको दुई वर्ष भित्रमा यस पालिकाका जनताहरु सबै क्षेत्रमा बिकासको अनुभुती गर्ने उहाँले दाबी गर्नुभयो । कौडेना गाउपालिकाका सबै वडामा नाला सहितको सडक बनाएर देखाउने लक्ष्य लिएको बताउँदै उहाँले शिक्षा,स्वास्थ्य तथा खानेपानी निर्मल जलको परियोजनाका लागि समेत काम भईरहेको जानकारी गराउनु भयो ।अबको केहि वर्षमै जनताले “नयाँ कौडेना सम्बृद्ध कौडेना गाउँपालिका “को अनुभुती गर्न पाउन भनेर पालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधीहरु दिनरात मेहनत गरिरहेकोले उनीहरुको साथ र सहयोगबाट जनताले चाहेको र खोजेको बिकास गरेर देखाउने गा.पा.अध्यक्ष कुमारले दाबी गर्दै बताउनु भयो । पालिकामा आउने सेवाग्राहीहरुले पनि राम्रो सेवा पाईरहेको आफुले अनुभव गरेको उहाँले बताउनुभयो । कुनैपनि सेवाग्राहीले सेवा लिन आउँदा पालिकाका कर्मचारीले आलटाल गरे सिधै मलाई खबर गर्न सक्ने छन।यसका लागि सूचना समेत जारी गरिसकेको छु ,त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गरिने छ उहाँले थप्दै भन्नुभयो, नगरको आमुल परिवर्तन देख्न चाहेका जनताले पनि गाउपालिका लाई सहयोग गर्नुपर्छ । कौडेना गाउपालिका का जनताको सहयोग बिना परिवर्तन हुन सकदैन । पालिकाका जनताको साथ र सहयोग कदम–कदममा चाहने भएकोले कौडेना गाउपालिका का जनतालाई सहयोग गरिदिन कुमारले आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय