२०८१ चैत्र ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

निरज यादव/
सर्लाही । जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार जिल्ला समन्वय समितिको सभाहल मलंगवा मा पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरूले आ–आफ्नो पालिकामै उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहण गराउनेछन् । गत वैशाख ३० गते भएको मतदानबाट सर्लाहीमा ११ नगरपालिका र ९ वटा गाउँपालिकामा जनप्रतिनिधि चयन भएका छन् ।निर्वाचनबाट सर्लाहीका ११ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित २२ जना, नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १८ जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय