२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
सर्लाही । जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार जिल्ला समन्वय समितिको सभाहल मलंगवा मा पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरूले आ–आफ्नो पालिकामै उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहण गराउनेछन् । गत वैशाख ३० गते भएको मतदानबाट सर्लाहीमा ११ नगरपालिका र ९ वटा गाउँपालिकामा जनप्रतिनिधि चयन भएका छन् ।निर्वाचनबाट सर्लाहीका ११ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित २२ जना, नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १८ जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय