२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
सर्लाही-सर्लाही जिल्लाको दक्षिणी भेग कौडेना गा.पा.का नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज (शुक्रबार) का दिन पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । कौडेना गाउँपालिकाका नवनिर्वाचित गा.पा.अध्यक्ष रुपेश कुमार यादवले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । उपा-अध्यक्ष नागिना देवी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको हो ।कौडेना गाउँपालिका को सभा हौलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञता सहदिहरुको समझनामा एम मिनेट मौना धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कौडेना गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवले राख्नु भएको थियो ।भने पानसमा बति बालेर नवनिर्वाचित गा.पा.अध्यक्ष यादबले कार्यक्रम उदघाटन गरेका थिए । सो सभा हौलमा आयोजित कार्यक्रमकामा गा.पा. अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष राजेश पटेल ,वडा नम्बर २ का वडाध्यक्ष राम दरेस ठाकुर ,वडा नम्बर ३ का वडाध्यक्ष पच्चु चौधरी ,वडा नम्बर ४ का वडाध्यक्ष राम विस्वास राय ,वडा नम्बर ५ का वडाध्यक्ष अनिसा खातुन ,वडा नम्बर ६ का वडाध्यक्ष राम उमेश राय ,वडा नम्बर ७ का वडाध्यक्ष विजय प्रसाद यादव लगायत लाई शपथ ग्रहण गराए । त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै नवनिर्वाचित गा.पा.अध्यक्ष यादवले कौडेना गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा पाल्नुभएका सम्पूर्णमा अभार प्रकट समेत गर्नु भयो । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा जनताले ज—जसलाइ रोजे,मतदान गरे,जुन जुन पार्टीलाइ रोज्नु भो,जुन व्यक्तीलाइ चाह्नु भयो । त्यही व्यक्तीहरु ,त्यही पार्टीका जनप्रतिनीधीहरु तपाइहरु सामु आज यस कार्यक्रममा उपस्थित भएका छन् । उनले भने हामी जुन सुकै पार्टी बाट जितेर आएपनि कौडेना गाउँपालिकालाइ समृद्ध बनाउन सबै जना एक जुट हुनु पर्नेमा जोड दिनु भयो ।कौडेना गाउँपालिकाको विकासको बाटोमा बढाउन एउटै उदेश्यका साथ हामी अघि बढौं उहाले जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । यसमा सबैको साथ सहयोग रह्नेमा आफू विश्वस्त समेत रहेको बताउनु भयो । गा.पा.अध्यक्ष यादवले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय