२०८३ आश्विन ९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

मलंगवा – सर्लाहीको हरिवन निवासी व्यवसायी अर्जुन भन्ने सिद्दी बहादुर रायमाझीलाई गोली हान्न भारतीय सुटरलाई ´सुपारी` दिएको आरोप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल विरुद्द जिल्ला प्रहरी कार्यालय मलंगवाले मुद्दा प्रकृया अगाडि बढाएको छ ।सोमबार सर्लाही जिल्ला अदालतबाट पहिलो पटक ५ दिने म्याद लिएर पोखरेललाई हिरासतमै राखी अनुसन्धान सूरु गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । अभियुक्त पोखरेललाई गत आईतबार दिउँसो ४ बजे म्याग्दीको रघुगंगा गापा-१ तिप्ल्याङबाट त्यहाँको प्रहरीले पक्राउ गरि सोमबार बिहान सर्लाही प्रहरीको जिम्मा लगाएको थियो ।व्यवसायी रायमाझीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाले पक्राउ वारेण्ट माग गरेपछि गत पुस २२ गते जिल्ला अदालतले लेखा अधिकृत पोखरेल विरुद्द पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । अदालतको पक्राउ पूर्जी जारी भएलगतै फरार लेखा अधिकृत पोखरेलले यसबीचमा १५ वटा भन्दा बढी विभिन्न नम्बरका सिम र फरक-फरक मोबाईल सेट प्रयोग गरेकाले सूचना प्रविधी मार्फत पक्राउ गर्न ढिलाई भएको प्र.उ .प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर