
निरज यादब/पालिका टुडे
चक्रघाटा, सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिकाको वडा नं ५ (पडरिया) मा १९ करोड ८ लाखको लागत मा १५ सैयाको अधारभुत अस्पतालको भवन निर्माणको लागी एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिक्रम यादवले शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत लालबाबु साह, वडाअध्यक्षहरु, स्वास्थ्य संयोजक रामबहादुर साह लगायत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा अध्यक्ष यादवले चक्रघाटा गाउँपालिकामा बसोवास गर्ने हरेक जनसमुदायहरुलाई सुलभ तथा सरल तरिकाबाट सेवा दिने उद्देश्यले अस्पतालको निर्माण हुन लागेको हो । प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्रो बनाईने र यहाँका विरामिहरु जाँच गराउन मलंगवा, जनकपुर, बिरगंज लगायत स्थानहरुमा जान्न नपरोस उद्देश्यले गर्दा अधारभुत अस्पताल को निर्मान हुन लागेको बताए । अधारभुत अस्पताल सिलान्यास भएर प्रेरा ऐकसिस ऐसियण जे.भी. जनकपुर मार्फत बनाईने जानकारी गराए । गुणस्तरीय अस्पताल निर्माणका लागि गाउँपालिकाबाट हुने सहयोग गर्ने उल्लेख गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको कुरा समेत जानकारी गराउनु भयो । सोही गाउँपालिकाका समाजसेवी जगदिस प्रसाद यादवले १० कठ्ठा ५ धुर जग्गा अस्पताल निर्माणको लागि दिएको कुरा समेत यादवले आफ्नो मन्तव्य मार्फत जानकरी गराए । त्यस्तै स्वास्थ्य संयोजक रामबहादुर साहका अनुसार देशभरीमा ५,१० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलन्यास गरेको कुरा साहले बताए । जग्गाधनी यदवले भन्ने आफुले राम्रो कामको लागि जग्गा दिएको छु । छिट्टै नै यस जग्गामा अस्पताल निर्माण होस् भने मेरो कामना रहेको र यस बाट स्थानीयवासीहरुलाइै धेरै नै सहयोग पुग्नेमा आफु विश्वस्त समेत रहेको बताए ।