२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादब/पालिका टुडे
चक्रघाटा, सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिकाको वडा नं ५ (पडरिया) मा १९ करोड ८ लाखको लागत मा १५ सैयाको अधारभुत अस्पतालको भवन निर्माणको लागी एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिक्रम यादवले शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत लालबाबु साह, वडाअध्यक्षहरु, स्वास्थ्य संयोजक रामबहादुर साह लगायत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा अध्यक्ष यादवले चक्रघाटा गाउँपालिकामा बसोवास गर्ने हरेक जनसमुदायहरुलाई सुलभ तथा सरल तरिकाबाट सेवा दिने उद्देश्यले अस्पतालको निर्माण हुन लागेको हो । प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्रो बनाईने र यहाँका विरामिहरु जाँच गराउन मलंगवा, जनकपुर, बिरगंज लगायत स्थानहरुमा जान्न नपरोस उद्देश्यले गर्दा अधारभुत अस्पताल को निर्मान हुन लागेको बताए । अधारभुत अस्पताल सिलान्यास भएर प्रेरा ऐकसिस ऐसियण जे.भी. जनकपुर मार्फत बनाईने जानकारी गराए । गुणस्तरीय अस्पताल निर्माणका लागि गाउँपालिकाबाट हुने सहयोग गर्ने उल्लेख गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको कुरा समेत जानकारी गराउनु भयो । सोही गाउँपालिकाका समाजसेवी जगदिस प्रसाद यादवले १० कठ्ठा ५ धुर जग्गा अस्पताल निर्माणको लागि दिएको कुरा समेत यादवले आफ्नो मन्तव्य मार्फत जानकरी गराए । त्यस्तै स्वास्थ्य संयोजक रामबहादुर साहका अनुसार देशभरीमा ५,१० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलन्यास गरेको कुरा साहले बताए । जग्गाधनी यदवले भन्ने आफुले राम्रो कामको लागि जग्गा दिएको छु । छिट्टै नै यस जग्गामा अस्पताल निर्माण होस् भने मेरो कामना रहेको र यस बाट स्थानीयवासीहरुलाइै धेरै नै सहयोग पुग्नेमा आफु विश्वस्त समेत रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय