२०८३ कार्तिक २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
| कौडेना गाउँपालिकाद्वारा एसइइका उत्कृष्ट विद्यार्थीलाई ५० हजारसम्म पुरस्कार | कौडेना गाउँपालिका वार्ड नम्बर ७ का वार्ड अध्यक्षले सम्हाले कार्यभार | गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले नवनिर्वाचित जनप्रतिनिधिलाई गराए शपथ ग्रहण | गाउँपालिका अध्यक्ष राजा बाबुले नवनिर्वाचित जनप्रतिनिधिलाई खुवाए सपथ | बलराका नवनिर्वाचित जनप्रतिनिधिलाइ मेयर कुशवाहाले गराए शपथ ग्रहण | बसबरिया गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाइ गा.पा.अध्यक्ष रायले गराए शपथ ग्रहण | सर्लाहीमा २ सय ३७ किलो गाजा बरामद | आगलागी हुँदा पन्ध्र सय कुखुरा जलेर नष्ट | गोडैताका उपप्रमुख सहित सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ मेयर यादवले गराए शपथ ग्रहण |

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरेको छ। विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई आर्थिक पुरस्कार प्रदान गरेको हो।गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइइमा ए प्लस जिपिए प्राप्त गर्ने एक जना छात्रलाई ५० हजार रुपैयाँ र ए जिपिए प्राप्त गर्ने नौ जना छात्रछात्रालाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिए।त्यसैगरी, एसइइ उत्तीर्ण गरेका १५ जना दलित छात्रछात्रालाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको अध्यक्ष बब्लुले बताए।कौडेना गाउँपालिका–१ सुन्दपुरस्थित देवधारी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बब्लु, उपाध्यक्ष नगीना देवी र प्रमुख प्रशासकीय अधिकृत सुरेश दासले विद्यार्थी तथा उनीहरूका अभिभावकलाई चेक र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। विद्यार्थी र अभिभावकलाई शिक्षाको महत्व बुझाउनुका साथै उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा प्रदान गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दासले बताए।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज राउतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय