२०८३ आश्विन ३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित | चक्रघट्टा गाउँपालिकाले बाढीपीडितलाई ३० लाख भन्दा बढी सहयोग घोषणा | कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

पूर्वमन्त्री पुनद्वारा रोल्पा काठमाडौँ सम्पर्क समितिको कार्यालय उद्घाटन

योगेन्द्र अनुपम जि.सी.
पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पनले रोल्पा काठमाडौँ सम्पर्क समितिको कार्यालयक उद्घाटन गर्नु भएको छ । समितिद्वारा काठमाडौँ स्थित सामाखुसीमा स्थापना गरिएको कार्यालयको एक कार्यक्रमको विच सभापति पुनले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सभापति पुनले रोल्पा कांग्रेसलाई थप बलियो र मजबुट बनाउन सम्पूर्ण युवाहरु एकजुट भएर अगाडी बढ्न आग्रह गर्नु भएको छ । रोल्पाबाट काठमाडौँ पुगेर विभिन्न पेशा तथा व्यवसाय गर्दै आउनु भएका रोल्पालीहरूलाई एकिकृत गर्दै रोल्पाको विकासमा हातेमालो गर्नु पर्नेमा सभापति पुने जोड दिनु भएको छ । उहाले सस्थाको काम कर्तव्य र अधिकार भन्दा माथी नगइ गर्न पर्ने र गर्न सक्ने काम मात्रै गर्दै पार्टीको इज्जत राख्न समेत सुझाव दिनुभयो ।
रोल्पाबाट काठमाडौमा पुगेर विभिन्न पेसा ब्यवसायका लागि बसोबास गर्दै आउनुभएकाहरुको सँग सम्पर्क र समन्वय गर्न थप सजिलो बनाउन कार्यालय खोलिएको नेपाली कांग्रेस रोल्पा काठमाडौँ सम्पर्क समितिको सभापति एवम् युवा नेता रोनी पुनले बताउनु भएको छ ।

स्थापना गरिएको कार्यालयले अब जनसम्पर्क बढाउने तथा अप्ठेरोमा परेकाहरुका लागि सहयोग गर्न थप सहज हुने सम्पर्क समितिले विश्वास लिएको छ ।

समितिका उपाध्यक्ष केसर बहादुर रावतको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमा रोल्पाका काङ्ग्रेस नेताहरु झग्गु प्रसाद घर्ती, खगेन्द्र हमाल, नेपाल महिला संघ रोल्पाकी सभापति पुस्पा श्रेष्ठ, नेपाल पत्रकार महासङ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा लगाएतकाले समितिलाई प्रगतिको शुभकामना दिदै भरपर्दो पुलको रुपमा काम गर्न सुझाब दिनुभयो ।
समितिका अध्यक्ष रोनि पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुसिल केसीले गर्नुभएको हो ।

ताजा समाचार

लोकप्रिय