२०८३ भाद्र २४ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित | चक्रघट्टा गाउँपालिकाले बाढीपीडितलाई ३० लाख भन्दा बढी सहयोग घोषणा | कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित भएका छन्। मंगलबार मलंगवास्थित पार्टी प्यालेसमा सम्पन्न राप्रपा सर्लाहीको जिल्ला अधिवेशनबाट यादव जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।जिल्ला अध्यक्ष पदका लागि तीन जना आकांक्षी रहेका थिए। आकांक्षीहरू ढोलराम वडाकोटी, राजन विश्वकर्मा र विजयप्रसाद यादवमध्ये वडाकोटी र विश्वकर्माले यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन भएका हुन्।नवनिर्वाचित अध्यक्ष विजयप्रसाद यादव राप्रपाबाट कौडेना गाउँपालिका–७ को वडा अध्यक्षमा दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन्। स्थानीय तहमा पार्टीको संगठन निर्माण तथा जनतामाझ पार्टीका गतिविधि विस्तार गर्न यादवले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।मलंगवा पार्टी प्यालेसमा सम्पन्न जिल्ला अधिवेशनको अध्यक्षता सत्यनारायण यादवले गरेका थिए।भने कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, राप्रपा सांसद एवं संगठन प्रशिक्षण प्रमुख खुश्बु ओली विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्।अधिवेशनमा राप्रपाका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने तथा जनताका समस्या र स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा जोड दिइएको थियो।अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि विजयप्रसाद यादवले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र समन्वय कायम गर्दै सर्लाहीमा राप्रपाको संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले जिल्लाका विभिन्न क्षेत्रमा पार्टीको संगठन विस्तार गर्दै जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने र जनताका समस्या तथा सवाललाई प्रभावकारी रूपमा उठाउने बताएका छन्।अधिवेशनबाट यादवको सर्वसम्मत चयनलाई राप्रपा सर्लाहीभित्रको एकता र सहकार्यको सन्देशका रूपमा हेरिएको छ। अध्यक्ष पदका अन्य आकांक्षीहरूले समेत सहमतिमा नेतृत्व चयनका लागि समर्थन गरेपछि अधिवेशनबाट पार्टीभित्र आपसी समझदारी र एकताको वातावरण बनेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय