२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार माथि कार्तिक ७ गते मंगलबार राती ११ बजेतिर अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो ।सोही घटनाका दोषीलाई यथासिघ्र पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई सर्लाही क्षेत्र नं. २ का प्रदेश सभासदस्यद्धय जंगीलाल राय तथा कौशल किशोर राय सहितका जनप्रतिनीधिीहरुले ज्ञापन पत्र बुझाएको छ ।यस्ता घटना घटाउने अपराधिक प्रवृतीका व्यती लाई तुरुन्तै हिरासतमा लिनुपर्ने बताउदै हामिले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको प्रदेश सभासदस्य कौशल किशोर रायले बताए ।अध्यक्ष यादवको आफनै निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वा स्थित आफनै घरमा रातीको ११ बजेका समयमा १ राउण्ड गोली प्रहार भएको थियो। अध्यक्ष यादवका अनुसार रातीको खाना खाएर हात धुने क्रममा घरको पश्चिम साइडबाट गोली प्रहार भएको थियो ।उक्त गोली प्रहारमा अध्यक्ष यादव झन्डै बाचेका थिए । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफुलाई केहि थाह नभएको अध्यक्ष यादवको भनाई छ।घटना लगत्तै प्रहरी सो दिन घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले सो दिन कुनै प्रकारको मानवीय क्षति हुन सकेन । यधपी अध्यक्ष यादवका परिवारजन अहिले डरत्रासमा बाचेका छन । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार आफुले कहिले पनि कसैको अहित गरेको छैन । समाजसेवामै मेरो जीवन बिति रहेको छ ।मईले कस्को के बिगारेका थिए जसले गर्दा मेरो हत्या गर्ने मन्सायले गोली चलाउनु पर्यो अध्यक्ष रुपेश कुमारले दुखि हुदै बताए । यस्ता अपराधिक घटना घटाउने व्यतिलाई कानुनको दायरामा ल्याउनु पर्ने अध्यक्ष रुपेश कुमारले जोडदार माग गरेको छ ।प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले भने यस्ता अपराधिक घटना घटाउने व्यति केहि दिनमै हिरासतमा हुने वहाले दाबी गर्नुभयो । सर्लाही जिल्लामा अपराधिक गतिविधी अब कुनै पनि हालतमा बर्दास्त हुदैन प्रजिअ धमलाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय