२०८२ मंसिर १७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

सर्लाही-सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार माथि कार्तिक ७ गते मंगलबार राती ११ बजेतिर अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो ।सोही घटनाका दोषीलाई यथासिघ्र पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई सर्लाही क्षेत्र नं. २ का प्रदेश सभासदस्यद्धय जंगीलाल राय तथा कौशल किशोर राय सहितका जनप्रतिनीधिीहरुले ज्ञापन पत्र बुझाएको छ ।यस्ता घटना घटाउने अपराधिक प्रवृतीका व्यती लाई तुरुन्तै हिरासतमा लिनुपर्ने बताउदै हामिले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको प्रदेश सभासदस्य कौशल किशोर रायले बताए ।अध्यक्ष यादवको आफनै निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वा स्थित आफनै घरमा रातीको ११ बजेका समयमा १ राउण्ड गोली प्रहार भएको थियो। अध्यक्ष यादवका अनुसार रातीको खाना खाएर हात धुने क्रममा घरको पश्चिम साइडबाट गोली प्रहार भएको थियो ।उक्त गोली प्रहारमा अध्यक्ष यादव झन्डै बाचेका थिए । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफुलाई केहि थाह नभएको अध्यक्ष यादवको भनाई छ।घटना लगत्तै प्रहरी सो दिन घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले सो दिन कुनै प्रकारको मानवीय क्षति हुन सकेन । यधपी अध्यक्ष यादवका परिवारजन अहिले डरत्रासमा बाचेका छन । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार आफुले कहिले पनि कसैको अहित गरेको छैन । समाजसेवामै मेरो जीवन बिति रहेको छ ।मईले कस्को के बिगारेका थिए जसले गर्दा मेरो हत्या गर्ने मन्सायले गोली चलाउनु पर्यो अध्यक्ष रुपेश कुमारले दुखि हुदै बताए । यस्ता अपराधिक घटना घटाउने व्यतिलाई कानुनको दायरामा ल्याउनु पर्ने अध्यक्ष रुपेश कुमारले जोडदार माग गरेको छ ।प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले भने यस्ता अपराधिक घटना घटाउने व्यति केहि दिनमै हिरासतमा हुने वहाले दाबी गर्नुभयो । सर्लाही जिल्लामा अपराधिक गतिविधी अब कुनै पनि हालतमा बर्दास्त हुदैन प्रजिअ धमलाले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय