२०८३ आश्विन ९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

निरज यादव/
कौडेना- कौडेना गाउँपालिकामा मनोनयन दर्ताको पहिलो दिन नगर प्रमुखमा ४जनाले उम्मेदवारी दर्ता गराएका छन् ।तिन वटा दल तर्फबाट र एक जना स्वतन्त्र तर्फबाट गरी ४जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विशवानाथ अर्याल जनाएको छ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तर्फबाट राम प्रसाद राय यादव,जनमत पार्टीको तर्फबाट सावित्री धिनाल , राष्ट्रिय सदभावना पार्टी को तर्फबाट अर्चना देवी गिरी, स्वतन्त्र तर्फबाट दिनकर राय लगायतले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत रामजी रायले जानकारी दिए ।७ वटा वडा रहेको कौडेना गाउँपालिका का विभिन्न वडामा पनि उम्मेदवारी दर्ता भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तर्फबाट प्रभु चौधरी ,किशोरी राय यादव,राम ध्यान राय, रामबाबु राय यादव ,उम्मेदवारी दिएको छ भने स्वतन्त्र तर्फबाट राम एकबाल मण्डल , सुरेन्द्र कुमार यादव, रामनाथ यादव,चन्द्र किशोर ठाकुर लोहार ,विजय प्रसाद यादव र जनमत पार्टी तर्फबाट मधुरेन्द्र कुमार राउत,रमेश कुमार यादव गरी वडा अध्यक्षतर्फ विभिन्न वडामा ११जनाको मात्रै उम्मेदवारी परेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,राष्ट्रिय सदभावना पार्टी,जनमत पार्टी लगायत दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर