निरज यादव/
हरिवन-कुखुरा फार्ममा आगलागीबाट पन्ध्र सय कुखुरा जलेर नष्ट भएको छ । हरिवन नगरपालिका–८ बनबाटीका मा रहेको राम शंकर यादवको फार्म आगलागी हुँदा सो परिमाणको कुखुरा पूर्ण रुपमा नष्ट भएको हाे ।फार्ममा करिव राती १ बजे आगलागी भएको र फार्म समेत पूर्ण रुपमा जलेर नष्ट भएको कुखुरा पालक रामशंकर यादवले बताउनुभयो । उहाँका अनुसार फार्ममा आगलागी हुँदा करिव पचिस लाख बराबरको क्षति भएको छ ।विक्री गर्न तयारी अवस्थामा रहेको कुखुरा आगलागी हुँदा सबै नष्ट भयो, ४५ दिनमा विक्री गरिन्छ, तर काम बिसेसले बाहिर जाँदा ४८ दिन पुगेको थियो, विक्री भएको थिएन, आगलागी भएर सखाप भयो,’ -यादबले भन्नुभयो ।आगलागी भएर फार्मको तार जाली, खरको छाना भएको खोरमा रहेका सामग्री पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । फार्ममा आगलागीबाट करिब पचिस लाख बराबरको क्षति पुगेको र कुखुरा फार्ममा आगलागी रातीमा भएकाले धेरै नोक्सान भएको बुढाथोकीले बताउनुभयो ।आगलागीबाट फार्मको खरले छाएको खोर, जाली र फार्ममा रहेका सम्पुर्ण सामग्रीहरु नष्ट भएका छन्, केही कुखुरा भने बाँकी रहेका छन्,कसरी आगलागी भयो भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ -डिएसपी बुढाथोकीले भन्नुभयो ।फार्ममा विधुतीय मेसिन भने जडान भएको अवस्थामा भेटिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी समेत हुन सक्ने वा अन्य बाहिरी व्यक्तिले आगो लगाएको भन्ने विषयमा भने अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

