२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव/
बलरा -सर्लाही जिल्लाको बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबार का दिन पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । बलरा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामशंकर प्रसाद कुशवाहाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । उप-मेयर कोसिला देवी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको हो ।बलरा नगरपालिका को सभा हौलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । भने पानसमा बति बालेर नवनिर्वाचित नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा ले कार्यक्रम उदघाटन गरेका थिए ।सो सभा हौलमा आयोजित कार्यक्रमकामा नगर प्रमुख कुशवाहाले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष नन्द लाल राउत ,वडा नम्बर २ का वडाध्यक्ष राम नारायण सहनी ,वडा नम्बर ३ का वडाध्यक्ष आनन्द मोहन मिश्र ,वडा नम्बर ४ का वडाध्यक्ष मनि भुषण सिंह ,वडा नम्बर ५का वडाध्यक्ष मनोज मोहन कुमार सिंह ,वडा नम्बर ६का वडाध्यक्ष अनिता देवी सहनी ,वडा नम्बर ७ का वडाध्यक्ष प्रबिण कुमार सिंह ,वडा नम्बर ८ का वडाध्यक्ष छेतुनी शाह ,वडा नम्बर ९ का वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरी ,वडा नम्बर १० का वडाध्यक्ष दिनेश प्रसाद कुशवाहा ,वडा नम्बर ११ का वडाध्यक्ष सुखलाल सहनी लगायत लाई शपथ ग्रहण गराए । त्यस्तै उक्त नगरपालिकामा निर्वाचित वडा सदस्यहरूलाई समेत शपथ ग्रहण गराएका हुन ।कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख कुशवाहाले बलरा नगरपालिकाको शपथ ग्रहण कार्यक्रममा पाल्नुभएका सम्पूर्णमा अभार प्रकट गर्दै जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो ।सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायत समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय