२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

२९ फागुन, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् ।बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले पैदल हिँडिरहेका बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेको छ । उनको बरहथवास्थित हनुमन्त अस्पतालमा उपचार भइरहेको छ । अन्य १० जना घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।cp onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय