२०८३ कार्तिक २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
| कौडेना गाउँपालिकाद्वारा एसइइका उत्कृष्ट विद्यार्थीलाई ५० हजारसम्म पुरस्कार | कौडेना गाउँपालिका वार्ड नम्बर ७ का वार्ड अध्यक्षले सम्हाले कार्यभार | गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले नवनिर्वाचित जनप्रतिनिधिलाई गराए शपथ ग्रहण | गाउँपालिका अध्यक्ष राजा बाबुले नवनिर्वाचित जनप्रतिनिधिलाई खुवाए सपथ | बलराका नवनिर्वाचित जनप्रतिनिधिलाइ मेयर कुशवाहाले गराए शपथ ग्रहण | बसबरिया गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाइ गा.पा.अध्यक्ष रायले गराए शपथ ग्रहण | सर्लाहीमा २ सय ३७ किलो गाजा बरामद | आगलागी हुँदा पन्ध्र सय कुखुरा जलेर नष्ट | गोडैताका उपप्रमुख सहित सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ मेयर यादवले गराए शपथ ग्रहण |

रामपुर, ८ भदौ । पाल्पामा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेशिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ ।

जिल्ला अस्पताल पाल्पामा मेसिन खरिदका लागि संघीय सरकारले रकम पठाएको हो । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड रुपैयाँ निकासा भएको छ ।

जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताए ।

मेशिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।

जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो ।

अब भने जिल्लामै पीसीआर परीक्षण हुने भएपछि छिट्टै नतिजा थाहा पाउन सकिन्छ । यहाँ पीसीआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय