२०८३ आश्विन ३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा सर्लाहीको जिल्ला अध्यक्षमा विजयप्रसाद यादव सर्वसम्मत निर्वाचित | चक्रघट्टा गाउँपालिकाले बाढीपीडितलाई ३० लाख भन्दा बढी सहयोग घोषणा | कौडेना गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग | रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला | कौडेना गाउँपालिका अध्यक्षले त्यागे नेपाली कांग्रेस, साधारण सदस्यसमेत नरहने घोषणा | आयुर्वेद स्वास्थ्यकर्मी समाज नेतृत्वमा चुनचुन प्रसाद यादव | गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

नुवाकोट, ८ भदाै । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा स्काभेटर आगजनी गरेको आशङ्कामा एक जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्किङ गरिराखिएको वा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशङ्कामा बेलकोटगढी –१३ चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रनि फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरलाई आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो ।

स्काभेटर आगजानी भएका स्थानमा बकेटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उनले जानकारी दिए । क्षति विषयमा जाँचबुझ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय