२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

असोज १ गते, पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ । पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै आफ्नो क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वकालाई धन्यवाद दिनुभयो । आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताउनुभयो । मलाई विश्वास छ नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने छु, पिडितहरुको अवाज बन्ने छु, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने छु युवा नेतृ साहले दावी गर्नुभयो ।उहाले अब देश हाक्न युवा सक्षम रहेको हुदाँ पनि आफुले उम्मेदवारी दिएको दावी गर्नुभयो । सांसद बनेपछी विकासको लहर नयाँ तरिकाबाट गर्ने समेत नेतृ साहले टिप्पणी गर्नुभयो । क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ । साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ।, साह निकट नेता कार्यकर्ताले भने । पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँले ब्याचलर(स्नातक) तह सम्मको अध्ययन गर्नुभएको छ भने मास्टर डिग्रीको समेत तयारी गरिरहनुभएको छ । राजनीति आफूलाई सानैदेखि मन पर्ने साहले बताउनुभयो । आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताउनुभयो । प्रदेश सांसद उम्मेदवार साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी पत्रकार राकेश गुप्ताको श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय