२०८१ चैत्र ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

काठमाडौ
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले कांग्रेसका नवनिर्वाचित उपसभापति धनरज गुरुङ र नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिनुभएको छ । प्रदेश सभापति पुनले आज उपसभापति गुरुङ र महामन्त्री थापाको निवास मै पुगेर भेट गरी बधाई दिनु भएको हो । भेटका क्रममा सभापति पुनले कांग्रेसको गरिमामय इतिहासलाई जोगाउने गरी काम कारबाही संचालन गर्न सुझाव दिनुभएको थियो । पुनले पार्टीमा हार्दिकता सहितको एकता र सद्भाव कायम राख्दै संगठन निर्माणमा जुट्नु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय