२०८२ फाल्गुन ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

काठमाडौं ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यहरूको नामावली अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् । देशभरका कांग्रेस जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा रहेकोले निर्धारित मापदण्ड अनुसार यथाशीघ्र नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
´महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुध्दीकरणले मात्र सुनिश्चित गर्दछ। तसर्थ, अविलम्व क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न विज्ञप्तिमा भनिएको छ ।
शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभई सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा विना आधार जथाभावि इन्ट्री गरिएका नामहरु अविलम्व हटाउन, तहगत सिफारिस भएर पनि ईन्ट्री नभएका नामहरु तत्काल समावेश गर्न र वडा भेलामार्फत वडा कार्यसमितिले माईन्यूट गरी पठाएको दस्तावेजलाई मात्र आधिकारिक मानी अगाडि बढ्न माग गरेका छन । पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले विधि, पध्दति र मापदण्ड अनुसार समाधान खोज्ने कुरामा सहयोग गर्न आफूहरू सदा तत्पर भएको बताउनु भएको छ । विनम्रतापूर्वक आग्रह गर्दागर्दै पनि पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी सामूहिक चासो र चिन्ताको गंभीरतापूर्वक हल नखोजिएमा जस्तोसुकै कठोर कदम चाल्न समेत आफूहरू वाध्य हुने, उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय