२०८१ चैत्र ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

हिजो आज सामाजिक सन्जाल भरी नागरिक्ता बिधेयकको ब्यापक चर्चा छ ! संधै झैं फिजीकरण, उत्तर भारतियहरु ले नागरिक्ता पाउने, थोकमा तराईमा नागरिक्ता बिक्री भईरहेको आदि-ईत्यादी कुराहरु जोड तोड का साथ एउटा बर्गले उठाईरहेका छन् ! यी कुराहरु उठान मा यहांका बिद्वत बर्ग धेरै अगाडी छन् ! यी कुराहरुको उठान मा समग्र मधेशीलाई भारतिय हेर्ने नजरिया घाम झैं छर्लन्ग भै राखेका हुन्छन् ! यी कुराहरुमा तथ्यान्कं (मिथ्यांक बाहेक) हुदैंनन् ! यी कुराहरु उठाउने बर्गले नागरिक्ता एन-कानुनमा सधार खोज्ने स्वजातिय नेता तथा प्रशाशकलाई पनी भारतिय दलाल देख्द्छ ! के यस्ता कुराहरू उठाउने बर्गलाई अझै पनी मधेशमा राजा महेन्द्रले ल्याएका प्रथम नागरिक्ता एन बमोजिम नागरिक भएकाहरुकै बन्सजहरु अधिक्तर छन भन्ने कुराको हेक्का छैन ? छ भने के राजा महेन्द्रको राष्ट्र्बादमा पनी शंका छ ? या राजा महेन्द्र भन्दा नी बढी कोही राष्ट्र्बादी आये मधेशीहरूलाई धपाउन सक्छ भन्ने बिश्वाश हो ? हैन भने थोकमैं मधेशीहरुलाई फिजीकरण षड्यन्त्रको बिल्ला किन ? यदी सबै मिलेर यहीं भुगोलमैं बस्नुको बिकल्प छैन भने सारा मधेशीलाई जबर्दस्ति भारत परस्तको बिल्ला किन ?
राष्ट्र स्तरमा हक अधिकार को निम्ती मधेशीहरुले केही सिमित आन्दोलन हरु गरे, तर मधेशमा जग्गा किचलो जत्ती अरु कुनै बिवाद छैन ! यस्ता समुदायले अझ नयां आगन्तुकहरु आयेर आफ्नो स्रोत साधनमा कब्जा गरोस भन्ने चिताउला त ? नागरिक्ता बिधेयकको बिरोध गर्ने धेरै तरिका होलान तर बिरोधको नाममा जातीबादी कुन्ठा मात्रै सतहमा नआओस ! गैर नेपालीले नागरिक्ता नपाओस भन्ने अधिकान्स मधेशीको नी सोंच होला तर आफ्नै पहिचान मा प्रष्नवाचक चिन्ह लाएर होइन ! मित्र राष्ट्र्को स्वार्थ वा योजना के छ छैन भन्ने शंका उपशंका सबलाई आफ्नो सुझ बुझ अनुकुल होला तर नेपालमा केही मानिसहरु नागरिक्ता बाट बन्चित छन भन्ने कुरा पनी अधिक्तरले मानेका छन ! जथा-भावी बिरोधले देशको एउटा ठुलो बर्गमा भारत बाहेक आफ्नो भलो कसैले गर्न सक्दैन वा चांह्दैन भन्ने हुन जाने निश्चित छ ! साथै हाम्रो जस्तो बिबिधताले भरिएको देशमा एक अर्काको पहिचानलाई सम्मान नदिने हो भने आज न भोली अरु बिवादहरु जस्तैः मुलनिवासी तथा अन्य, आर्य तथा मन्गोल आदि-ईत्यादी पनी चर्किने नै छन भन्ने कुराको सब मा हेक्का हुनु पर्द्छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय