२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

उषा मगर
लुङ्ग्री गा.पा रोल्पा
मान्छेले जति बुझ्न सक्छ त्यति नै त्यो कुराको बारेमा टिप्पणी गर्न सक्छ् ।बिगत केहि दिन अगाडि देखि बन्द रहेको जलजला क्याम्पसको कुरालाई लिएर अनेकथरी भन्नेहरु एकचोटि पढ । जलजला क्याम्पस भनेको मध्यपश्चिमाञ्चल बिश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पस हो,जसलाइ हामी छोटो रुपमा MU भनेर चिन्छौ । खास हामी पढ्ने विद्यार्थी हौ,हामिलाइ पनि थाहा छ स्कुल भनेको मन्दिर हो तरपनी यो भन्दा अगाडिका समयमा जलजला क्याम्पसलाइ राम्रो बनाउनको लागि आवश्यक रहेका कुराहरुको माग गर्दै धेरैपटक लिस्ट बुझाइयो ।कुनै माग पूरा भए त कुनै अझै बाकी छन ।अब रह्यो कुरा मिति 2078/4/18 गते गरेको तालाबन्दिको बारेमा । खास कुरा के हो भने मध्यपश्चिमाञ्चल बिश्वविद्यालयको सम्पुर्ण शाखाहरुका विद्यार्थी र प्राध्यापकहरुले पाउनुपर्ने सेवासुविधा तथा उच्च पदस्थ व्यक्तिबाट भएका गलत हर्कतहरुलाई सुधार्नु पर्छ भन्ने माग राख्दै केन्द्रीय कार्यालय सुर्खेतबाट नै क्याम्पस बन्द गर्ने भन्ने निर्णय आइसकेपछि हामिले पनि राम्रो कामको लागि साथ दिनुपर्छ भन्ने हेतुले क्याम्पस बन्द गर्यौ,जहाँ जलजला क्याम्पस छैठौ नम्बरमा थियो । त्यहाँ हाम्रो क्याम्पसको आन्तरिक मागहरु पनि समावेस थिए ।MU का सबै शाखा क्याम्पसहरु एक भएर मध्यपश्चिमाञ्चल विश्वविद्यालय राम्रो बनाउनुपर्छ भन्ने कुरामा सहमत जनाउदा जलजला क्यामपसमा राजनिती छिरायो भन्नेहरु सुन …राजनिती आफ्नो ठाउमा छ, सायद कुनै पार्टिको धारणा नबोकेको न त कुनै शिक्षक छ न त कुनै विद्यार्थी नै । तर क्याम्पसमा राजनिती हुन दिनुहुन्न भन्ने उदेश्यले सबै हामी एक हौ,एक भएर क्याम्पस राम्रो बनाउ भन्ने सोचाइका साथमा जलजला क्याम्पसमा पनि साझा विद्यार्थी मंच भनेर विद्यार्थीको सङ्गठन बनाइयो ।यश सङ्गठनमा माओवादिको मान्छे मात्र छैनन,काग्रेसको मान्छे मात्र छैनन, एमालेको मान्छे मात्र छैनन ,यहाँ सबै आवद्ध छन, भने यसलाइ तपाइहरु कसरी राजनिती भन्न सक्नुहुन्छ ? के हामी राम्रो कामको लागि एकजुट भएर आवाज उठाउन नपाउनु ? क्याम्पस हाम्रो थलो हो, क्याम्पसको भविष्य सोच्न नपाउनु ? या राजनिती गर्यो भन्दै कराउनेहरु तपाईं आफै आएर क्याम्पस सुधार गर्नुहुन्छ ? अब उत्तर तपाइहरु नै दिनुस । हो आउनु हुन्छ तपाइ, क्याम्पस परिसर हेर्नुहुन्छ, हामी गर्छौ पनि भन्नुहोला तर त्यहा तपाईं कुनै राजनितीक दल भएर आउन पाउनु हुदैन,कुनै पनि पार्टिको कार्यकर्ता भएर आउनु पाउनु हुन्न । हामी हाम्रो लागि आवाज उठाउदा तपाइलाइ टाउको दुख्छ,राजनिती गरेको जस्तो लाग्छ भने साझा विद्यार्थी मंचका सदस्यहरुको बारेको बुझ्नुस त्यहा कुन कुन पार्टिका विद्यार्थीहरु समावेश छन,यदि त्यहा एउटामात्र पार्टिका विद्यार्थी रहेको ठहर भयो भने बल्ल भन्न पाउनुहुन्छ कि राजनिती गर्यो भनेर । नत्र टाउको दुखाइ किन त ? यदि त्यसो नै हो भने हामी विद्यार्थीहरुले छोड्दिन्छौ त्यो ठाउँ तपाइहरु आएर क्याम्पस सुधार गर्दिनुस,आवश्यक मागहरुको बारेमा कुरा उठाइदिनुस । अनि बल्ल तपाइलाइ एक पटक ताली पिट्न योग्री मान्छौ हामी पनि । त्यसकारण कुनै कुरामा गलत टिप्पणी गर्नुभन्दा अगाडि त्यो कुरालाइ भित्रैदेखी नियाल्नुपर्छ। शिर्षक पढेर मात्र हुदैन, त्यसका भित्री रहस्य पनि बुझ्न जरुरी छ ।हामी पनि मान्छे हौ, हामिलाइ पनि थाहा छ के गर्ने के नगर्ने भन्ने कुरा ।त्यसैले कुनै कुरा प्रती चासो नै छ भने कमसेकम त्यो कुराको कारण खोज गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय