२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव/
सर्लाही-सर्लाही जिल्लाको चन्द्रनगर गा.पा.का नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित गा.पा.अध्यक्ष राज कुमार महतोले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । उपा अध्यक्ष गिता देवी महतो लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको हो । चन्द्रनगर गाउँपालिका स्थित नाढीमन तालको प्रांगणमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञता सहदिहरुको समझनामा एम मिनेट मौना धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य चन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत मदन वहादुर थिङले राख्नु भएको थियो।भने पानसमा बति बालेर नवनिर्वाचित गा.पा.अध्यक्ष महतोले कार्यक्रम उदघाटन गरेका थिए । सो नाढीमन तालको प्रांगणमा आयोजित कार्यक्रमकामा गा.पा. अध्यक्ष महतोले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष रामेश्वर महतो ,वडा नम्बर २ का वडाध्यक्ष सम्भु शाह तेली ,वडा नम्बर ३ का वडाध्यक्ष सिताराम महतो,वडा नम्बर ४ का वडाध्यक्ष राजीव सिंह दनुवार,वडा नम्बर ५ का वडाध्यक्ष सुर्यवंश राय,वडा नम्बर ६ का वडाध्यक्ष रामसरुप राउत,वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र चौधरी लगायत लाई शपथ ग्रहण गराए । त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै नवनिर्वाचित गा.पा.अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा पाल्नुभएका सम्पूर्णमा अभार प्रकट समेत गर्नु भयो । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा जनताले ज—जसलाइ रोजे,मतदान गरे,जुन जुन पार्टीलाइ रोज्नु भो,जुन व्यक्तीलाइ चाह्नु भयो । त्यही व्यक्तीहरु ,त्यही पार्टीका जनप्रतिनीधीहरु तपाइहरु सामु आज यस कार्यक्रममा उपस्थित भएका छन् । उनले भने हामी जुन सुकै पार्टी बाट जितेर आएपनि चन्द्रनगर गाउँपालिकालाइ समृद्ध बनाउन सबै जना एक जुट हुनु पर्नेमा जोड दिनु भयो । चन्द्रनगर गाउँपालिकाको विकासको बाटोमा बढाउन एउटै उदेश्यका साथ हामी अघि बढौं उहाले जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । यसमा सबैको साथ सहयोग रह्नेमा आफू विश्वस्त समेत रहेको बताउनु भयो । गा.पा.अध्यक्ष महतोले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय