२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
सर्लाही-कौडेना गाउँपालिकाका प्रमुख सहित ३७ जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिकाका प्रमुख राम प्रसाद राय सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ३७ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन्।आसन्न निर्वाचनमा पुनः उम्मेदवारी दिने गरी गाउँपालिकाका प्रमुख रायले प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवलाई राजीनामा बुझाएका छन्। उनीसँगै वडा नम्बर १ का वडा अध्यक्ष मनोज शाह , वडा नम्बर ३ का वडा अध्यक्ष प्रभु चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष किशोरी राय ,वडा नम्बर ७ का वडा अध्यक्ष विजय प्रसाद यादव , कार्यपालिका सदस्य कृष्णा देवी साह,वडा सदस्य पार्वती देवी राम लगायत ३७ जनाले राजीनामा दिएका छन्। ७ ओटा वडा रहेको कौडेना गाउँपालिकामा ३९जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये उप- प्रमुख सुनिता चौधरी सहित १ जनाले राजीनामा दिएका छैनन्। आसन्न निर्वाचनमा आफु उमेदवारी नदिने भएको ले आफु उप-प्रमुख को पदबाट राजीनामा न दिएको बताए। लोसपा पार्टीकोतर्फबाट प्रमुखमा रायको नाम सिफारिस भएको छ भने राजीनामापछि गाउँपालिका प्रमुख रायले आफू चड्ने ना.१.झ .१६५५ नम्बरको सरकारी गाडी पनि फिर्ता गरेका छन्। गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत यादवलाई उनले बुझाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय