२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/
चक्रघटा-निर्वाचन आचारसंहिता लागू भइसकेपछि स्थानिय चुनाव २०७९ बैशाख ३० को लागी गाउँपालिका प्रमुख पदको लागी पुनः तयारी गरिरहनुभएका चक्रघटा गाउँपालिका प्रमुख विक्रम यादवले शुक्रबार गाउँपालिका कार्यालयमा पुगेर निर्वाचन अधिकृत भीमबहादुर नीरौला लाई आफु चढने सरकारि गाडी सहित राजिनामा पत्र पेश गर्नु भएको छ । उम्मेद्वारी दर्ता गर्नुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान भएका कारणले आफूले राजीनामा दिएको यादवले बताए। स्थानिय तह २०७४ निर्माण पछि चक्रघटा गाउँपालिकाको पहिलो गाउँपालिका प्रमुख पदमा नेकापा माओवादी केन्द्र बाट निर्वाचित हुनुभएका गाउँपालिका प्रमुख विक्रम यादवले आफनो कार्यकाल बिना बिवादित ५ बर्ष बिताएर निर्वाचन अधिकृत भीमबहादुर नीरौला लाई राजिनामा पत्रका साथ साथै गाडीको साचो समेत बुझाएको प्रमुख प्रशासकिय अधिकृत लालबाबु प्रसाद साहले बताउनु भयो ।गाउँपालिका प्रमुख यादबको साथ साथै बिभिन्न वडाको वडाध्यक्षहरु,वडा सदस्य,कार्यपालिका सदस्य सहितको टोलीले राजिनामा पत्र बुझाएको चक्रघटा गाउँपालिका का निर्वाचन अधिकृत भीमबहादुर नीरौलाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय