२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही ,५ वैशाख । स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा सर्लाहीका दक्षिणी भेगमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, तरकारी लगाउने,सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसान व्यस्त छन् । राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद छैन ।“हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिँचाइ नभएर बाली मरेको छ, मलखाद्य समय मा पाउदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन्”,कैडेना गाउँपालिका–५ छपकहियाका ग्वालियर यादबले भन्नुहुन्छ ।सोमबार आँगनमा गहुँ चुट्दै गर्नुभएका यादबले गाउँमा सडक र सञ्चारको विकास भए पनि कृषि क्षेत्रमा भने खासै उपलब्धि हुन नसकेको बताउनुभयो ।“अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन”,यादबले ले भन्नुभयो, “समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन ।” सर्लाहीको दक्षिणी भेगमा ९० प्रतिशतभन्दा बढी मतदाता कृषि पेशासँग आबद्ध छन् ।किसानलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु पनि भएको रामनगर गाउँपालिका–४ का राकेश महतोले बताउनुभयो ।किसानलाई चुनावकोभन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्नु छ । उनीहरूले आफूहरुका लागि कामभन्दा ठूलो चुनाव नहुने बताएका छन् ।गोडैताका कृषक नबिन यादव भन्नुहुन्छ,“समय भयो भने भोट हाल्न जानुपर्ला तर,नेताको भाषण सुन्ने र नेताहरूसँग हिँड्ने फुर्सद छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय