२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादाव
चक्रघटा – सर्लाहीको चक्रघटा गाउँपालिकाले बैशाख ४ गतेबाट पालिकाभित्रका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाको सभा हलमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा बैशाख ४ गतेदेखि ९ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको जानकारी गराइएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबहादुर शाहले देशभरमा झैँ चक्रघटा पालिका भित्रका बालबालिकालाई पनि पहिलो पटक लगाउन लागिएको टाइफाइडविरुद्धको खोप अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद शाह को अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा , राजनीतिक दलका पार्टी प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । टाइफाइडविरुद्धको खोप अभियान संचालन गर्न विभिन्न चरणमा स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको चक्रघटा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चक्रघटा गाउँपालिकाभित्र १५ महिनादेखि १५ वर्षसम्मका ११ हजार २०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखाका संयोजक शाहले बताए । यसअघि कोरोना भाईरस संक्रमण विरुद्दका अभियान एवं खोप अभियान सफल पार्नका लागि संचारकर्मीहरुले अत्यन्त सकारात्मक सहयोग गरेको उल्लेख गर्दै टाइफाइड विरुद्दको खोप अभियान समेत सफल पार्नका लागि संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद शाहले बताए । सर्लाहीमा पहिलो चरणमा विभिन्न १० वटा पालिकाकाले टाइफाइडविरुद्धको खोप लगाई सकेको छ । भने चक्रघटासहित अरु बाँकी १० वटा पालिकामा दोस्रो चरणमा बैशाख ४ देखि ९ गतेसम्म खोप लगाउने अभियान चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय