सर्लाही क्षेत्र न. ३ का सान्साद तथा नेपाल सरकारका पुर्व मन्त्री रमेश्वर राय यादवद्वारा एक कार्यक्रमबिच बर्थिङ्ग सेन्टर, झुलुङ्गे पुल र स्वागतम् गेटको उद्घाटन सु–सप्पन्न गरिएको छ । मधेश प्रदेशका सर्लाही जिल्लाको चक्रघटा गाउँपालिका वडा नम्बर –२ को बर्थिङ्ग सेन्टर, भेल्ही र पडरिया जोडने बिचको खोलामा झुलुङ्गे पुल र चक्रघटा र गोडैता बिचमा स्वागतम गेटको उद्घाटन एकै दिन पुर्व मन्त्री यादवद्वारा सु–सम्पन्न गरिएको हो । चक्रघटा २ मा नव निर्मित बर्थिङ्ग सेन्टरका लागि संसदीय बिकाश कोषबाट ३५ लाख बजेट बिनोयोजन गरि कार्य सप्पन्न गरिएको थियो । यस्तै भेल्ही – पडरिया जोड्ने बिचको खोलामा झुलुङ्गे पुल निर्माणका लागि सम्पुरक कोषबाट ८० लाख बजेट बिनियोजन गरिएको थियो भने गोडैता र चक्रघटाको बिचमा नव निर्मित स्वगतम गेटका लागि चक्रघटा गाउँपालिकाबाट १५ लाख बजेट छुटयाईएको थियो । उक्त कार्यक्रम बिच गाउँपालिलका अध्यक्ष बिक्रम यादवले बर्थिंग सेन्टरबाट स्थानीय समुदायलाई निकै नै फाईदा पुग्ने र उपचारको लागि बाहिर जान नपर्ने भएको कुरा अध्यक्ष यादवले जनाए । साथै खोलामा झुलुगें पुल निर्माण कार्य सम्पन्न भइै आवतजावत पर्ने कठिनाई समेत समाप्त भएको र आफुबाट जे जति सहयोग हुन्छ त्यो सबै गर्नको लागि सधै तैयार रहने र संसदिय कोषबाट बजेट बिनियोजन गरि विकास कार्यमा सहयोग गरेवापत पुर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद रामेश्वर रायलाई धन्यवाद समेत व्यक्त गरे । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बिक्रम राय, प्रशासकिय प्रमुख लालबाबु साह, वडाध्यक्ष, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

