२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही | जिल्लामा मंगलवार कौडेना र बरहथवामा भएको आगलागीबाट करिव अढाई लाख बराबरको क्षति भएको छ ।दिउँसो साँडे १:३० बजेतिर बरहथवा नगरपालिकाको वडा नम्बर १ नयाँ बजार बस्ने बिन्देश्वर महतोको १ तले टालिको छाना भएको काठको घरमा आगो लाग्दा करिव १ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र भएका लत्ता कपडा, ३ थान काठको पलङ लगाएतका सामाग्री जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।त्यस्तै कौडेना गाँउपालिका ७ शिवनगरमा मो.अहियाको फुसको घर र परालको टौवा जल्दा करिव डेढ लाखको क्षति भएको छ । दिउँसो साँडे ३ बजे परालको टौवामा सल्किएको आगोले फुसको घरभित्र रहेका काठको फर्निचर र घर सहित जलेर नस्ट भएको छ । उक्त दुबै घट्नामा मानविय तथा चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय