२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव /पालिका टुडे
सर्लाही – सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय सर्लाहीले पनि तयारी तीव्र बनाएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । २० स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी का अस्तित्वमा छन् ।प्रमुख प्रतिपक्षी दल एमालेले वडा तथा पालिका स्तरिय बैठक साथै संगठन विस्तारको कामलाई अगाडि बढाएको छ । नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनरयान सहा का अनुसार एमालले जिल्लाका २० वटै स्थानिय तहका वडा तथा टोलमा संगठन विस्तारको कार्य गरिरहेको छ । एमालेले छिटै नै चुनावी रणनीति तय गर्ने तयारी गरेको उहाँले बताउनुभयो। एमालेले विसं २०७४ मा भएको निर्वाचनमा जिल्लाका चार स्थानीय तहमा जित हात पारेको थियो । त्यसतै सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले जिल्ला अधिवेशन सकेर चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरेको छ । चुनावलक्षित विभिन्न कार्यक्रम संचालन गर्ने तयारी रहेको काँग्रेस सर्लाहीले जनाएको छ । अघिल्लो निर्वाचनमा जिल्लाका २० स्थानीय तहमध्ये ५ वटामा काँग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न काँग्रेस लागिपरेको काँगेस जिल्ला सभापति नागेन्द्र रायले बताउनुभयो । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी समेत ले पनि आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दौडधुप थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय