२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/पालिका टुडे
सर्लाही-इन्धनको मूल्य भारतमा भन्दा नेपालमा सस्तो हुँदा सर्लाहीको ग्रामिण इलाकामा डिजल र पेट्रोलको तस्करी हुन थालेको छ । तस्करी बढेसँगै ग्रामिण क्षेत्रमा इन्धनको अभाव हुन थालेको छ ।नेपालमा प्रतिलिटर २०देखि २५ रुपैयाँसम्म सस्तोमा डिजल र पेट्रोल पाउने भएपछि सीमा क्षेत्रमा इन्धनको तस्करी बढेको हो । अहिले नेपालमा डिजल प्रतिलिटर १३३ रपैयाँ रहेको छ भने पेट्रोल १५०. रुपैयाँ रहेको छ । सीमावर्ती क्षेत्र भारतमा भने डिजल र पेट्रोल दुवैको मूल्यमा नेपालमा भन्दा प्रतिलिटर २०÷२५रुपैयाँ बढी रहेको स्थानीय बताउँछन् ।यता, स्थानीयहरुले भने तस्करहरुले प्रहरीसँग सेटिङ मिलाएर दैनिक ठूलो परिमाणमा डिजल र पेट्रोल भारततर्फ निकासी गर्ने गरेको बताएका छन् । तस्करी कै कारन इन्धनको अभाव हुन थालेपछि ग्रामिण क्षेत्रमा सञ्चालित सर्वाजनिक सवारीसाधानहरुले भाडा बढाएका छन् मलंगवादेखि ग्रामिण क्षेत्रमा सञ्चालित सवारी–साधानहरु अटो, टेम्पोहरुले दोब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । मलंगवा देखी कौडेना सम्म बसको भाडा ३५ रुपैयाँ रहेको छ । तर, अटोहरुले भने ६० रुपैयाँ लिने गरेको छ । यस्तै अटोमा कौडेना देखी धनकौल सम्मको भाडा ७० रुपैयाँ र बलरा सम्मको भाडा ९०रुपैयाँ रहेको छ अटो, टेम्पोहरुले मनलाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन मौन बस्ने गरेका छन् । एकातिर चर्काे भाडा र अर्काेतिर क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम समेत बढेको छ । ब्लुबुक, लाइसेन्स बिना नै सवारी चलाउने गरेको र दैनिकजसो दुर्घटना हुने गरेपनि प्रहरी टुलुटुलु हेरेर मात्र बस्ने गरेको स्थानीयले बताएका छन् ।जनताको जीवनमाथि नै खेलवाड गर्ने यस्ता सवारीसाधानहरुलाई कारवाही गर्नुको सट्टा प्रहरीले मोटो रकम असुलेर छाड्ने गरेको स्थानीयको आरोप छ ।प्रहरीको साथ र सहयोग विना तस्करी हुन नसक्ने भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय