२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव
सर्लाही,१४ फागुन । सर्लाहीको मलंगवा नगरपालिकाको दलित बस्तीमा विभिन्न किसिमको लुगा वितरण गरिएको छ ।मलंगवा नगरपालिका वडा नं. ३ स्थित दलित बस्तीमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले पठाएको विभिन्न लुगाहरु प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा पठाएको हुदाँ जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार शनिवार मलंगवा नगरपालिकाको दलित बस्तीमा पुगेर पातलो ज्याकेट,मोटो ज्याकेट, भेष्ट, जुता लगायत बालबालिकाहरुले प्रयोग गर्ने अन्य लुगा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
उक्त लुगा वितरण कार्यक्रममा ८ देखि १५ वर्ष उमेर समुहका बालबालिका, विपन्न, दलित तथा जेष्ट नागरीक गरी १ सय ९५ जनालाई विभिन्न किसिमको लुगा वितरण गरिएको छ । लुगा वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, मलंगवा नगरपालिका का वडा अध्यछ राम कैलाश साह ,नेपाल पत्रकार माहासंघका सचिव सुनिल ठाकुर लगायत विभिन्न व्यक्तिहहरुको उपस्थिति समेत रहेको थियो । यस अघि पनि विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जिल्ला विपद व्यवस्थापन समितिले ७ सय बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय