२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही – चक्रघाटा गाउँपालिका ८ मा सात दिने बृहतपोषण पैकेज क्षमता अभिवृद्धि तालिम सम्पन्न भिएको छ। स्वास्थ्यकर्मी हरुलाई दिएको उक्त तालिम बुधबारबाट शुरू भएको थियो । उक्त तालिम मा पोषण अधिकृत अमरेन्द्र राय र जनस्वास्थ्य निरीक्षक रामबहादुर शाहले प्रशिक्षण दिनु भएको थियो । स्थानिय स्तरमा सिघ्र कुपोषण व्यवस्थापन गर्न र सजिलै कुपोषण पत्ता लगाउनका लागि स्वास्थ्यकर्मी लाई तालिम प्रदान गरिएको सुन्दरपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट श्याम बाबु अधिकारी ले वताउनु भयो। तालिम मा गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्यकर्मीहरु को उपस्थिति समेत रहेको थिय । र सो कार्यक्रम समापन गर्दै चक्रघाटा गाउँपालिका प्रमुख विक्रम यादव ले बालबालिकाको सुरुवाती वर्षहरुमा पोषण मा गरिने लगानी ले परिवार र समग्र समुदाय लाई नै दीर्घकालीन प्रितिफल दिने भएको ले समयमै सचेत भएर अगाडी बढनु पर्नेमा जोड दिए । उनले एक हप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिए । स्वास्थ्यकर्मी प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा गाउँपालिका प्रमुख यादव जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय