२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही– सरकारले स्थानीय तहको चुनाव घोषणा सँगै गाउँगाउँमा चुनावी बहस र छलफल सुरु भएको छ । यतिमात्र होइन, हाल बहालवालादेखि अन्य राजनीतिक व्यक्तिहरुले आफूलाई उम्मेदवारीका रुपमा व्यक्त गर्न थालेका छन् । सर्लाहीका २० वटा स्थानीय तहका प्रमुखहरुले पनि अघोषितरुपमा आफूलाई प्रमुखको उम्मेदवारीका रुपमा तयारी गरिरहेका छन् ।मलंगवा नगरपालिकाका प्रमुख निरसल साह पार्टीले पुनः जिम्मेवारीमा दोहोरिने निर्णय गरेर आफू उम्मेदवार हुने तयारीमा रहेको बताउँछन् । ‘मेरो ईच्छाभन्दा पार्टीको कुरा हो,’ उनले भने, ‘पार्टीले जिम्मेवारी दिए पुनः जिम्मेवारी सम्हाल्छुँ ।’ उनको कुराले पनि प्रष्ट हुन्छ की उनी पुनः उम्मेदवारीको तयारी गरिरहेका छन् । भने उनको जस्तै प्रतिक्रिया बलरा नगरपालिकाका प्रमुख आभय सिहले पनि व्यक्त गरे । अबको नेतृत्व जनताप्रति पारदर्शी, उत्तरदायित्व बोध भएको सरल र सहजसँगै गतिशिल हुनुपर्ने भन्दै उनले भने, ‘संविधानले पुनः दोहोरिने बाधा गरेको छैन । पार्टी र जनताले चाहे पुनः दोहोरिन्छुँ ।’ आफूले सुरुवात गरेका कामहरुलाई पूर्णता दिन र बाँकी, अँधुरा कामलाई सफलता प्राप्त गर्न उनी पुनः स्थानीय तहको प्रमुखमा दोहोरिन चाहान्छन् ।यता बसबरिया गाउँपालिकाका अध्यक्ष राम आयोधया राय ले पुनः दोहोरिने ईच्छा व्यक्त गरे । अहिले जनताको भरोसायोग्य काम गरेकाले पार्टी र जनताले चाहेमा दोहोरिने ईच्छा व्यक्त गरे । ‘यस अवधिमा मैले जनताको मन जितेको छुँ,’ उनी भन्छन्, ‘पार्टीले जुन विश्वासका साथ उम्मेदवारी दिएको र आशाका साथ जनताले मत हालेका थिए । त्यसलाई कदर र सम्मान गर्दै मैले सफलतापूर्वक काम गरेको छुँ ।र’अनुभवका आधारमा योग्य भए पनि पछिको परिस्थिति कस्तो हुने हो । ‘अहिले तत्काल केही भन्न सकिँदैन,’ उनी भन्छन्, ‘यदी अवसर पाए पछाडि पनि हट्दैन ।यता आउदो चुनाब मा ’बहालवाला जनप्रतिनिधिनै दोहोरिने ईच्छा व्यक्त गर्न थालेपछि अरुले आफ्नो अवसरलाई कुञ्ठित गर्न खोजेको बताउँदै आएका छन् । पहिला उहाँहरुले जिम्मेवारी सम्हालेको भन्दै यसपालि उहाँहरुलाई भन्दा राजनीतिक योगदान, योग्यता, क्षमता, इमान्दारीता र कर्तव्यनिष्ठ व्यक्तिलाई छनोट गर्नुपर्ने अन्य राजनीतिक व्यक्तिहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय