२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा एम्बुलेन्स संचालनमा आएपछि स्थानियहरु खुसी भएका छन । सर्लाहीको सदरमुकाम मलंगवा देखि पश्चिम क्षेत्रमा पर्ने ब्रह्मपुरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स संचालनमा ल्याएपछि ब्रह्मपुरीवासीलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएपछि आफुहरु निकै नै खुसि भएको ब्रह्मपुरी गाउँपालिका वडा नं. २ का स्थानिय राकेस यादवले बताउनुभयो ।यस अघि गाउँपालिका भरीमै मात्र ऐउटा एम्बुलेन्स हुदाँ आफुहरुलाई स्वास्थ्य सेवा लिन कठिनाई भैरहेको थियो, तर गाउँपालिका ले वार्ड नंबर १ देखी ४ सम का लागि एम्बुलेन्स संचालनमा लाई दिएपछि सहज भएको यादवले बताउनुभयो ।त्यस्तै वडा नं. ४ का स्थानिय महमद हुसैनका अनुसार गाउँपालिका मा एउटा एम्बुलेन्स हुदै पनि उक्त एम्बुलेन्स बिरामी लाई बोकि अरु अस्पताल मा गई दिए पछि सहजै रुपमा एम्बुलेन्स उपलब्ध हुदै न थियो तर अब पालिका ले फेरि एउटा एम्बुलेन्स संचालन मा लाई दीए पछि अब गाउँपालिका भित्र का बिरामी ओसार्न सहज हुने बताउनुभयो यता गाउँपालिका अध्यक्ष विनोद कुमार साहका अनुसार ब्रह्मपुरीमा यस अघि एउटा एम्बुलेन्स हुँदा पनि उक्त एम्बुलेन्स बिरामी लाई लिइ अरु अस्प्ताल मा गई दिए पछि आरु स्थानियवासी को स्वास्थ्यमा समस्या पर्दा अन्य विभिन्न पालिका बाट एम्बुलेन्स मगाउनुपर्थयो, गाउँवासीको ति समस्या बुझेर आफुले गाउँपालिकाकै बजेट बाट रु १० लाख ५० हजारको लागतमा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याएको जानकारी दिनुभयो ।आफु जन्ताकै प्रतिनिधि भएको र गाउँवासी समस्यामा हुदाँ आफुलाई नै समस्या लागेर स्वास्थ्य सेवा भरपर्दो र सुरक्षित होस भन्ने उदेश्यले एम्बुलेन्स संचालनमामा ल्याएको गाउँपालिका अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय