२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही,कौडेना ।कौडेना गॉउपालिका – ३ कौडेना बजार स्थित रहेको स्वास्थ चौकी कौडेनामा चौबिसै घन्टा सेवा दिने गरि बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासीहरुमा खुशियाली छाएको छ। अब सुत्केरी गराउन महिलालाई मलंगवा बर्दिवास, र जनकपुर अस्पतालमा पुग्नुपर्ने झन्झट हटेको छ । गॉउपालिकामै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको छ ।प्रसूति सेवाका लागि गॉउपालिकाले औषधि, आवश्यक औजार र उपकरण सहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।गॉउपालिकामा बर्थिङ सेन्टर नहुँदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल,मोटरसाइकल र जिपमा बोकेर मलंगवा बर्दिवास, र जनकपुर स्थित अस्पतालमा पुरयाउदैआएका थिए’, स्थानीय सावित्री साहले भनिन् ।उनले मलंगवा बर्दिवास,र जनकपुर जादा गाडी समस्याको खप्की खानुपर्ने अर्को बाध्यता हुनुको साथै अस्पतालमा चर्को शुल्क समेत लिइने गरेको बताईन् ।त्यसैगरी सीता देवी यादवले भनिन्, ‘अस्पताल पुरयाउन ढिला हुँदा ज्यान जाने जोखिम समेत थियो ।बर्थिङ सेन्टर सञ्चालनमा आए सँगै ती सबै समस्या हटेर गएको छ।’ कौडेना गॉउपालिका का गॉउपालि प्रमुख राम प्रसाद यादवले बर्थिङ सेन्टरबाट गॉउपालिका भरिका बासिन्दाहरु लाई सहज रुपमा सेवा पाउने जानकारी दिए। गॉउपालिकाका बासिन्दाहरुले विगतमा मलंगवा बर्दिवास, र जनकपुर अस्पतालमा सेवा लिनका लागि जानुपर्दथ्यो’, तर अब सुत्केरी गराउन मलंगवा बर्दिवास, र जनकपुर जानु परने अवसथा हटेर गएको छ।’र छिमेकी नगरपालिकाका /गॉउपालिका का बासिन्दाहरुले समेत बर्थिङ सेन्टर बाट लाभ लिन सकने कुरा यादवले भने’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय