२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही,३ फागुन । सर्लाहीका संचारकर्मी बन्दना झाले वृद्धवृद्धालाई मिष्ठान भोजन खुवाउँदै आफ्नो जन्मदिन मनाएकी छन ।मलंगवा नगरपालिकामा वडा नं. ९ निवासी पत्रकार झाले लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाआश्रममा आश्रित वृद्धवृद्धालाई मिष्ठान भोजन गराउँदै आफ्नो जन्म दिन मनाएकी हुन ।मिडिया काउन्सिल मधेश प्रदेशकी सदस्य, सर्लाही अपडेटकी सम्पादक तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको सदस्य समेत रहेकी झाले आश्रममा आश्रित ४८ जना वृद्धवृद्धालाई बिहानको मिष्ठान भोजन गराउनुभएको र आश्रममै केक काटेर जन्मदिन मनाउनुभएको आश्रमकी व्यवस्थापक भवानी कोईरालाले जानकारी दिनुभयो ।सामान्य रुपमा जन्मदिन मनाउनु भन्दा पनि अलि फरक तथा समाजिक कार्य गरौँ भन्ने उदेश्य साथ आफनो जन्मदिन आश्रममा मनाएको पत्रकार झाले बताइन। उनले पहिलो पटक आश्रममा आएर याहाँका वृद्ध आमा बुवा सँग जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको बताइन । अब उनले फजुल खर्च गरेर अन्यत्र जन्मदिन मनाउनु भन्दा समाजिक कार्य गरेर जन्मदिन मनाउन उतम हुने भन्दै अरुलाई पनि समाजिक कार्यमा अग्रसर हुन आग्रह गरेकी छन ।कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) का मधेश प्रदेश अध्यक्ष मनोज यादव, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुर, पत्रकार सोम दियाली, राकेश गुप्ता लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय