निरज यादव|
गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान संचालन गर्न बिहिवार अभिमुखीकरण प्रदान गरिएको छ ।यही माघ १३ गतेदेखि विवरण संकलन कार्य सुरु गर्न बिहिवार नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतलाई नगरपालिका कार्यालयमा जम्मा पारेर अभिमुखिकरण प्रदान गरिएको हो । अभिमुखिकरण कार्यक्रम का सहभागीहरुले राष्ट्रिय परिचय पत्र र नागरिकताका सम्वन्धमा राखेका जिज्ञाशाहरुको नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत रमेस यादवले प्रष्ट पारेका कुरा गोडैता नगरपालिका का एमआइएस अपरेटर राजकुमार कुशवाहाले जानकारी दिए ।राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न गोडैता नगरपालिका का १२ वटा वडामा दुई÷दुई वटाका दरले २४ वटा स्टेशन राखिने बताइएको छ । अभिमुखीकरणमा गोडैता नगरपालिका का नगर प्रमुख देबेन्द्र यादवज , गोडैता नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रमेस यादव ,लेखापाल रजनीश मिश्रा ,शाखा अधिकृत राजकिशोर साह नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक , कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वडा सचिव र अन्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

