२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादब ।
सर्लाही –लामो समय देखी हुलाकी सडक जीर्ण अवस्थामा रहेको हुनाले सर्लाहीका अधिकांश ग्रामीण सडक धूलाम्मे हुँदा यात्रुले सास्ती पाएका छन् । जीर्ण अवस्थामा रहेका ग्रामीण सडकहरु मा आवतजावत गर्नै मुस्किल पर्ने गरी धूलाम्मे भएका हुन् । जिल्लाको दक्षिण–पश्चिम हुलाकी सडक बलरा ,रामनगर ,गोडैता , कौडेना हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक र हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक अत्यधिक जीर्ण भई धूलाम्मे अवस्थामा रहेका छन् ।हिउँद माहिना मा चर्को घाम नालागे पनि हुलाकी सडक जीर्ण अवस्थामा रहेको ले कुहिरीमण्डल भई धूलो उड्ने र हुलाकी सडक भएर सदरमुकाम मलंगवा पुग्दा बिरामी नै पर्ने अवस्था रहेको कौडेना गाउँपालिका–५, वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए । अहिले धूलाम्मे भएका सडक सानो पानी पर्ने बित्तिकै हिलाम्मे भई पोखरीमा परिणत सामेत हुने गरेका छन् जीर्ण अवस्थामा रहेको सडक ले दक्षिण–पूर्वी सीमाना पर्सा गाउँपालिकाको संग्रामपुरदेखि दक्षिण–पश्चिम सीमाना बलरासम्मको हुलाकी सडक वर्षायाममा हिलाम्मे र हिउँद माहिना मा धूलाम्मे भएकाले सदरमुकाम मलंगवासम्म ओहोरदोहोर गर्न समस्या भइरहेको स्थानीय वासिन्दाले बताएका छन् । एता कौडेना गाउँपालिका का अध्यछ राम प्रसाद राय ले राष्ट्रिय आयोजनामा पर्ने हुलाकी सडकमा स्थानीय सरकारले लगानी गर्न नमिल्ने बताए । जसले गर्दा सडकको अवस्था सुधार गर्न नसकिएको उनको भनाई छ । कौडेना गाउँपालिको युवा नेता मुकेस यादब ले हुलाकी सडकको अवस्था सुधार नहुँदा दक्षिणी भेगका नागरिकले लामो समयदेखि सास्ती खेप्नु परेको गुनासो समेत गरे ।|हुलाकी सडकमा सदरमुकाम मलंगवा नगरपालिकासहित ब्रम्हपुरी, पर्सा र कौडेना गाउँपालिका तथा गोडैता र बलरा नगरपालिका पर्छन् । ती पालिकासहित हरिपूर्वा नगरपालिका, चन्द्रनगर, विष्णु, रामनगर गाउँपालिका लगायत दक्षिणी भेगका स्थानीय तहका नागरिक हुलाकी सडक खराब हुँदाको प्रत्यक्ष मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय