२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही,१३ माघ।
सर्लाहीको चक्रघटा गाउँपालिकाम स्थायी बन्ध्याकरण घुम्ती शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय सर्लाहीको आयोजना तथा चक्रघटा गाउँपालिका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा परिवार नियोजनका महत्त्वहरुको वारेमा चर्चा गरिएको थियो। आज देखि सुरु गरिएको स्थायी बन्ध्याकरण घुम्ती शिविर दुई दिन सम चलने आयोजकले जनाएको छ।स्थायी बन्ध्याकरण घुम्ती शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष विक्रम यादवले गरेका थिए।

स्थायी बन्ध्याकरण घुम्ती शिविरमा स्थायी बन्ध्याकरण मात्र नभएर पाठेघर समस्या भएका महिलालाई पनि निशुल्क सेवा दिने स्वास्थ्य कार्यलयका परिवार नियोजन अधिकृत पशुपति यादवले बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन हर्नुहुदै गाउँपालिका अध्यक्ष यादवले स्थायी बन्ध्याकरण घुम्ती शिविरमा महिला स्वयमसेविकाहरुको ठुलो योगदान भएको बताउनुभयो। सन्तानका रहर पूरा भएका महिला लाई स्वयंसेविकाले गाउँ गाउँ बाट जम्मा गरि बन्ध्याकरण घुम्ती शिविरमा ल्याएर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
शिविर शुक्रवार सम्म चलने आयोजकले जनाएको छ ।
कार्यक्रममा चक्रघटा गाउँपालिकाका निमित प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह,स्वास्थ्य कार्यलयका का प्रतिनिधि , एफ पानका प्रतिनिधि बालकृष्ण श्रेष्ठ ,चक्रघटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर साहलगायत महिला स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय