२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव/पालिका टूडे
मलंगवा– सर्लाहीको मलंगवामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ । त्यसक्रममा विद्युत् चोरी गरेर संचालन गरिएका दजनौँ विद्युतीय उपकरण बरामद गरी जरिवाना तिराइसकिएको वितरण केन्द्रका प्रमुख यादबले जानकारी दिए ।यादबका अनुसार मंगलवार बिहान पनि विद्युत् चोरी गरेर संचालन गरिएका विभिन्न उपकरणहरु बरामद गरिएको छ । मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने गोडैता र मलंगवा बाट पानी तान्ने मोटर १ थान, 1 थान टिभी र १ सेट फर्निचर मेसिन मोटर सहित जफ्त गरि कार्यवाहीको प्रकृया अगाडि बढाएको कुरा वितरण केन्द्रका प्रमुख यादबले बताए ।२० प्रतिसत विद्युत चुहावट रहेको मलंगवा वितरण केन्द्रले मिटर नराखी बिजुली चोरी गरेर संचालन गरिएका उपकरणहरु दिनहुँजसो बरामद गरिरहेको छ । बरामद गरिएको उपकरणहरु विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार जरिवाना तिराएर मात्रै छाडिने गरेको मलंगवा वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय