
निरज यादव/पालिका टूडे
मलंगवा– सर्लाहीको मलंगवामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ । त्यसक्रममा विद्युत् चोरी गरेर संचालन गरिएका दजनौँ विद्युतीय उपकरण बरामद गरी जरिवाना तिराइसकिएको वितरण केन्द्रका प्रमुख यादबले जानकारी दिए ।यादबका अनुसार मंगलवार बिहान पनि विद्युत् चोरी गरेर संचालन गरिएका विभिन्न उपकरणहरु बरामद गरिएको छ । मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने गोडैता र मलंगवा बाट पानी तान्ने मोटर १ थान, 1 थान टिभी र १ सेट फर्निचर मेसिन मोटर सहित जफ्त गरि कार्यवाहीको प्रकृया अगाडि बढाएको कुरा वितरण केन्द्रका प्रमुख यादबले बताए ।२० प्रतिसत विद्युत चुहावट रहेको मलंगवा वितरण केन्द्रले मिटर नराखी बिजुली चोरी गरेर संचालन गरिएका उपकरणहरु दिनहुँजसो बरामद गरिरहेको छ । बरामद गरिएको उपकरणहरु विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार जरिवाना तिराएर मात्रै छाडिने गरेको मलंगवा वितरण केन्द्रले जनाएको छ ।